हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

विदेशका नेपालीले एकैदिन ४३ करोडको सेयर किने, कीर्तिमान बनेपछि नेप्सेमा मिठाई बाँडियो

याम्बु । बुल रनका कारण सेयर बजार उत्सवमय छ हिजोआज । यो बेला देशका कुना कुनाका लगानीकर्ता सेयरमा लगानी गरेर कुस्त कमाउने योजनासहित ब्रोकर हाउसहरुमा धाइरहेका छन् ।

उछालको गतिमा दौडिएको सेयर बजारमा पैसा कमाउने अवसरहरुको बाढी आएपछि लगानीकर्ताको दौडधूप कति हदसम्म बढेको छ भन्ने कुरा ब्रोकर हाउसहरुमा लागेको भीड हेरे पुग्छ । त्यहाँ खुट्टा राख्ने ठाउँ पाउन छाडिइसकेको लगानीकर्ताहरु नै बताउँछन् ।

यो बेला सेयर बजारको विषयमा जानकारी नै नभएकाहरु समेत सहयोगी र निकटस्थहरुमार्फत बजारमा आउने र लगानी खन्याउने क्रम बढिरहेको छ । देशभरबाट लगानी गर्ने लगानीकर्ताको लहर चलिरहेको बेला नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार प्रणालीबाट कारोबार गर्नेहरुको संख्या समेत बढ्न थालेको छ ।

आइतबार सेयर बजारमा ३ वटा रेकर्ड कायम भए । तीमध्ये एउटा थियो हालसम्मकै सर्वाधिक कारोबार हुनु । यो दिन बजारमा ३ अर्ब ६० करोड बढीको कारोबारको नयाँ कीर्तिमान कायम भएको छ । कारोबारको यो कीर्तिमान त्यत्तिकै कायम भएको छैन । यो बेला बजारमा कमाउने अवसर छोप्न स्वदेशका मात्र होइन, विदेशमा बस्ने नेपालीहरुले लगानी ओइराएका छन् ।

नेप्सेस्थित उच्च स्रोतका अनुसार आइतबारकै कारोबारमा पनि १२ प्रतिशत बढी रकमको कारोबार विदेशमा बस्ने नेपालीहरुले अनलाइनबाट गरेका छन् । यसको अर्थ आइतबार विदेशमा बस्ने नेपालीहरुले अनलाइनबाट ४३ करोड बढीको सेयर खरीद गरेका छन्।

नेप्सेका अनुसार यो दिन अनलाइन कारोबार मात्र कुल कारोबारमा ४४ प्रतिशत भएको छ । अर्थात, १ अर्ब ५९ करोड ७९ लाख बढी रकमको सेयर कारोबार अनलाइनबाट भएको छ । यसको अर्थ नेप्सेको अनलाइन प्रयोगकर्ताको संख्या बुल मार्केटमा बढ्न थालेको देखिएको छ ।

आइतबार कारोबारमा संलग्नमध्ये १२ हजार २९५ जनामध्ये ३ हजार १ सय ८८ कारोबारी अनलाइन कारोबारी हुन् । उनीहरुले ४९ हजार ८४४ आदेश प्रविष्ट गरी १५ हजार १८४ को संख्यामा कारोबार गरेका छन् ।

नेप्सेमा मिठाई

यसैबीच, बजारमा उछाल आई कारोबार रकमले ऐतिहासिक रेकर्ड बनाएपछि खुशी बनेका नेप्सेका सीइओ चन्द्रसिंह साउदले बजार बन्द भएलगत्तै खुशियालीमा मिठाई बाँडेका छन् ।

नेप्सेस्थित उच्च स्रोतका अनुसार उनले ३ वटा कीर्तिमान कायम भएको भन्दै सहकर्मीहरुलाई खुशियालीमा मिठाई बाँडेका थिए । कर्मचारीहरु समेत बजारमा उछाल आई मुख मीठो गर्न पाएका कारण खुशी र उत्साही देखिएका थिए @बिजशाला ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution