हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘एमसीसी’ टेबुल गर्न नमान्दा जेल जानुपर्यो : महरा

याम्बु  । पूर्वसभामुख कृष्णबहादुर महराले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर छ ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिएको भोलिपल्ट मंगलबार इमेज समाचारसित कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन’–उनले भने । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे ।

‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु’–उनले भने ।

यद्यपि, एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो ।

‘टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन’–उनले भने–‘एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।’

उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे । ‘कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभा’छ’–उनले भने ।

उनले पुर्पक्षका लागि आफू जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए । जेल परेको समयमा ठूला नेताहरुले आफूलाई नभेटेको उनले जानकारी दिए ।

उनले भने–‘ठूला नेताहरुले भेटेनन् । १० हजारभन्दा बढी कार्यकर्ताहरुले भेटे । शुभेच्छुक, समर्थकहरुले भेटे ।’

‘अब बस्ने संसद बैठकमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने–‘नजाने भन्ने प्रश्नै छैन । म सांसदै हुँ @ इमेजखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution