नेवा: खल: इजरायलको नबौ अधिबेशन मार्चमा हुदै ,सदस्यता खुल्ला
तेलअविव – राष्ट्रिय नेवा: समुदायहरुको गौरवमय खल: राष्ट्रिय नेवा: खल: इजरायलको ऐतिहासिक नबौ अधिबेशन आउँदो २०२० मार्च २७ तारिख शुक्रबार नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कार्यालय नेभेसना ४७ तेलअविवमा हुने नेवा: खल: इजरायलकी महासचिब
बिमला श्रेष्ठले जानकारी दिनु भएको छ ।
विधान २०१५ को (दोस्रो संशोधित २०१९) को धारा १७ मा उल्लेखित प्रावधान अनुसार “नबौ अधिबेशन”को निमित्त इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण आदर्णीय नेवा: दाजुभाई तथा दिदिबहिनिहरुमा सदस्यता नविकरण साथै नयाँ सदस्यता लिनको निम्ति २०२० मार्च २५ गते बुधबार स्थानीय समय रातको १२.०० बजे सम्म मात्र सदस्यता फारम खुल्ला अथवा अन्तिम अवधि तोकिएकोले यथाशीघ्र पुरानो सदस्यता नबिकरण साथै नयाँ सदस्यता लिनु हुन हार्दिक विनम्र अनुरोध गरेको छ ।
सदस्यता नबिकरण तथा नयाँ सदस्यता लिनको लागी वर्तमान कार्यसमीतिमा सम्पर्क आग्रह गरेको छ ।