हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा आदिवासी जनजाति महासंघले लखन थापाको १४३ औ स्मृती दिवस मनाउने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा यहि आउदो शुक्रबार फेब्रुअरी १४ तारिख महासंघको कार्यालय नेभेसनान ४७ मा  प्रथम शहिद लखन थापाको १४३ औ स्मृती दिवस  मनाउने भएको छ ।

प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गर्ने क्रममा लखनलाई मनकामना बाराहीको नजिक बि स १९३३ फागुन २ गते झुन्ड्याएर मारेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलले लखन थापा स्मृति दिवसको दिनलाई नै शहिद दिवस मनाउनु पर्छ भन्ने मागका साथ प्रथम शहिद लखन थापा स्मृति दिवस मनाउदै आएका छन् । प्रथम शहिद लखन थापा स्मृति दिवस नेपाल आदिवासी जनजाति महासंघ इजरायलले मनाउने लागेको यो दोस्रो बर्ष हो । त्यो भन्दा अगाडी नेपाल मगर संघ केन्द्र र शाखाहरुले देशबिदेशमा प्रथम शहिदलाई सम्झने गरेको थियो ।

नेपाल सरकारले उनलाई २०५६ साल फागुन ११ गते शहिद घोषणा गरेको थियो ।  मगरहरूको साझा संस्था नेपाल मगर संघले लखनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएकोमा उनलाई २०७२ साल असोज ३ गते नेपाल सरकारले नेपालको प्रथम शहिद घोषणा गरेका थिए ।

प्रथम शहिद लखन थापाको पुरा जिवनी पाठ्यक्रममा समाबेश गर्नुपर्ने र शहिद गेटमा वहाँको शालिक राखिनुपर्ने नेपाल आदिबासी महासंघले प्रमुख रुपमा माग राख्दै आईरहेको छ |

इजरायलमा स्थापित सामाजिक, धार्मिक, साहित्यक, राजनैतिक संघ संस्थाहरु, बुद्धिजीवीहरु, मिडियाकर्मीहरु लगायत इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीको लागि महासंघले हार्दिक अनुरोध गरेको छ ।

लखन थापा को थिए ?

नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो। डा. हर्षबहादुर बुडा मगरले ‘राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर (द्दितीय )’ पुस्तकमा उल्लेख गर्नुभए अनुसार , ‘अन्नेरेरी कप्तान हनुमंसिंह थापा, सरदार बहादुर ( १८९१ -१९०१ ई.) २/३ गोर्खा राइफलका प्रथम सुबेदार मेजर थिए। हनुमंसिंहका काका लक्ष्मणसिंह थापाको जन्म गोरखामा १८३४ ई. मा भएको हो । यसबाट पनि लखन थापा मगरको जन्म गोर्खाको काहुले गाउँमा नै भएको हो भन्ने कुरा ऐतिहासिक रूपबाट नै सान्दर्भिक देखिन्छ। उनको जन्म जुम्ल्याहा दाजुभाईका रूपमा भएको थियो। राम र लक्ष्मण दुई दाजु भाई मध्ये लक्ष्मण थापालाई नै पछि लखन थापा भनिएको हो।

लखनसहित सातजना विद्रोहीलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको खोजकर्ता त्रिलोक थापामगरले उल्लेख गरेका छन् । थापाले आफ्नो लेख ‘कप्तान लखन थापाको जनविद्रोहको नालीबेली’मा उल्लेख गरेअनुसार लखनको जन्म विसं १८९१ मा भएको थियो ।

हालसम्म लखन थापाको प्रसंगमा ‘उनीसहित जयसिंह चुमी मगर लगायतलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो’ भन्नेमात्र पढ्न पाइन्छ । उनीसहित मारिने बाँकी को को थिए त ? यो प्रश्नको भरपर्दो जवाफ हालसम्म पढ्न पाइएको छैन ।

पद्मजंगको बयानमा पक्राउ परेका १२ जनामध्ये सात जनालाई मृत्युदण्ड दिइएको र विद्रोहमा कम सक्रियता भएका बाँकीलाई घर जान दिइएको प्रसंग परेकाले सात जनाले मृत्युदण्ड पाएको भन्ने तर्कलाई विश्वसनीय मान्न सकिन्छ । लखन थापालाई मृत्युदण्ड दिइएको घटनाको समयमा पद्मजंग २० वर्षका थिए । त्यसैले यस घटनाबारे उनमा चासो हुनु र यसबारे उनी जानकार हुनु सम्भव छ । इतिहासकार दिनेशराज पन्तले  प्रकाशमा ल्याएको ‘कुण्डली संग्रह’अनुसार पद्मजंगको जन्म विसं १९१४ कात्तिक २८ गते भएको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution