हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बेल्जियममा आइटिसी युरोप क्षेत्रिय प्रथम सम्मेलनको साथमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

ब्रसेल्स – तामाङ समाज बेल्जियमको संयोजन र आयोजनामा दुई दिन सम्म दुईवटा महत्वपुर्ण तामाङ कार्यक्रमहरु भब्यतापुर्वक सम्पन्न गरेको छ  ।

पहिलो दिन  ७ फेब्रुअरीका दिन तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामा तामाङको अध्यक्षतामा ,प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका उपनियोग प्रमुख सुधिर भट्टराई, विशिष्ट अतिथिहरु अन्तराष्ट्रिय  तामाङ परिषदकका वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ,तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा तामाङ ,युरोप क्षेत्रका तामाङ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा अन्तराष्ट्रिय तामाङ परिषद युरोप क्षेत्रिय प्रथम सम्मेलन ब्रसेल्समा सम्पन्न गरेको छ ।

दोश्रो दिन तामाङ जातिको महान पर्व सोनाम ल्होछार २८५६ बेल्जियमकै आन्तोर्पेनमा बेनेलक्सको लागि महामहिम नेपाली राजदुत लोक बहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न गरेको छ ।

आन्तोर्पेनमा आयोजित ल्होछार कार्यक्रममा अन्तराष्ट्रिय  तामाङ परिषद युरोप क्षेत्रिय  प्रथम सम्मेलनले गरेको निर्णयहरु घोषणा गर्दै युरोप भरी छरिएर रहेका तामाङहरुलाई एकीकृत गरि तामाङ जातिको हकहितको साथै नेपाल र प्रबासमा रहेका हरेक नेपालीको हित हुने सबै प्रकारको गतिविधि र काम कारवाहीको लागि परिषदको बिधान अनुसार युरोप क्षेत्रिय उपाध्यक्ष बी  बी लामा तामाङ (इजरायल)को  अध्यक्षमा १७ सदस्सीय युरोप क्षेत्रिय समिति गठन गरिएको छ ।

सम्मेलनले सचिवमा सुशील स्याङतन तामाङ (पोर्तुगाल) ,सदस्यहरुमा बेल्जियमबाट भरत लामा तामाङ , अनिता लामा तामाङ,ज्योती घिसिङ तामाङ, पोर्तुगालबाट सुनिता लामा ब्लोन तामाङ, मिङमार लामा तामाङ, प्रितु योञ्जन तामाङ, प्रदिप थिङ तामाङ,शोभा लामा यालमार तामाङ (स्वीजरल्यान्ड) ,झोरमान वाईबा तामाङ (नर्वे) ,जोन लामा तामाङ (जर्मन), बिनोद लामा मोक्तान तामाङ (स्पेन) र अन्जु लामा योन्जन तामाङ (बेलायत)लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

सम्मेलनले मानवीय सहयोग लगाएत तामाङ समुदायको शिक्षाको क्षेत्रमा केही सहयोग गर्ने योजनाको साथ परोपकारी कोष सड्ढलन गर्नको लागि अन्जु तामाङ योन्जन तामाङ (बेलायत)को  संयोजकमा शोभा लामा यलमार तामाङ , सुनिता ल्बोन तामाङ, रेशम लामा तामाङ र दावा स्याङ्बो तामाङ सदस्य रहने गरी समिति गठन गरिएको छ ।

तामाङ जातिको कला सँस्कृतीलाई जगेर्ना गर्दै युरोपका नयाँ तामाङ बालबालिकालाई प्रसिक्षित गर्ने हेतुले अजय लोप्चन तामाङको संयोजकत्वमा साँस्कृतिक समिति र युरोपमा रहेका तामाङहरुको संयुक्त लगानिको प्रयत्न गर्नको लागि जानकी दोङ तामाङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

निर्वाचित समितिलाई महामहिम राजदुत लोक बहादुर थापा ,विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषद केन्द्रिय वरिष्ठ उपाध्य्क्ष टासी लामा तामाङ, बिशिस्ट अतिथि तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा तामाङ लगायतले  शुभकामना मन्तब्य दिनुभएको थियो ।

सबै कार्यक्रमहरुमा वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङको सकृय सहभागी र सहयोग सल्लाह रहेको थियो भने प्राविधिक कारणले युरोप क्षेत्रिय उपाध्यक्ष  बी  बी लामा तामाङ सम्मेलनमा सहभागी हुनु भएको थिएन । परिषदको बिधान अनुसार सम्बन्धित क्षेत्रको उपाध्यक्षको अध्यक्षतामा क्षेत्रिय समिति गठन हुने व्यवस्था रहेको छ ।

तामाङअनलाइन / जीत  लामा तामाङको सहयोगमा 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution