अन्तर्राष्ट्रिय तामाङ परिषद युरोप सम्मेलनको तयारी पुरा,प्रमुख अतिथिमा युरोपियन संसदको आदिबासी सांसद

जीत लामा तामाङ
बेल्जियम – अन्तर्राष्ट्रिय तामाङ परिषदको ब्रसेल्समा हुने युरोप क्षेत्रिय प्रथम सम्मेलनको तयारी पुरा भएको आयोजक समितिका संयोजक तथा बेल्जियम तामाङ समाजका अध्यक्ष राम लामा तामाङले दिनु भएको छ । सम्मेलन यहि आउँदो शुक्रबार ७ फेब्रुअरी २०२० का दिन Waterloolaan 100-103, 1000 Brussels मा रहेको हलमा दिउसो ठिक दुई बजे देखि सुरु हुने भएको छ ।
प्रथम सम्मेलनको लागि युरोपको सबै देशहरुबाट तामाङ प्रतिनिधिहरुको सहभागिताको लागि आउने नाम प्राप्त भईसकेको छ भने अमेरिका , जापान र मध्यपुर्वबाट पर्यबेक्षकको रुपमा स्थानिय तामाङ संघसंस्थाको प्रतिनिधित्वहरुको सहभागीता समेत हुने भएको छ ।
प्रथम सम्मेलको प्रमुख अतिथिको रुपमा युरोपियन संसदको आदिबासी सांसद रहने छ भने विशिष्ट अतिथिहरुमा बेनेलक्सको लागि महामहिम नेपाली राजदूत, अन्तर्राष्ट्रिय तामाङ परिषद्को केन्द्रिय वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ, ब्रसेल्स स्थित मानव अधिकार सम्बन्धी संस्था साइनोटोलोजी सामाजिक सम्बन्ध प्रमुख मेरिम ज़ोंनेकेयन, बेल्जियम स्थित एन आर एन केन्द्रिय पदाधिकारीहरु, एनआरएन बेल्जियम लगायत बेल्जियम स्थित सम्पुर्ण नेपाली बैचारिक, जातिय तथा सामाजिक संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।
सबैलाई निमन्त्रणा पठाई सकेको तर कुनैले प्राबिधिक रुपले नपाउनु भएको भए सबैलाई पुन हार्दिक निमन्त्रणा गरेको छ । सम्मेलनले अन्तर्राष्ट्रिय तामाङ परिषदको युरोप स्तरीय समिती गठन गर्ने, आपतकालीन सहयोग कोषको स्थापना गर्ने , संयुक्त लगानी सम्बन्धी अवधारणा तयार गर्ने लगायत समसामयिक विषयहरुमा छलफल हुने भएको छ ।