हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा सोनाम ल्होछार २८५६ भव्यताको साथ मनाइयो,गायक चन्द्र कुमार दोङ तामाङ सम्मानित

तेलअविव-नेपाल तामाङ घेदुङ इजरायलले बौद्ध धर्मवलम्बी तामाङहरुको महान राष्ट्रिय पर्व  मंजुश्री सम्बत सोनाम ल्होछार २८५६ नम्युङ,जिवा ल्हो (मुसा बर्ग )को पावन अवसरमा तेलअविव इजरायलमा गत शुक्रबार सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताको सम्पन्न गरेको छ ।

घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा. अन्जान शाक्य,विशिष्ट अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर,बिशेष अतिथिहरुमा नेपाली दुतावास इजरायलका प्रदिप गिरी,धर्म गुरु थुप्तेन लामा तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी  बी  लामा तामाङ,एनआरएन इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी,घेदुङ इजरायलका संस्थापक अध्यक्ष उर्मिला पाख्रीन तामाङ,पुर्व अध्यक्ष तथा शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह लामा योन्जन तामाङ,प्रमुख संरक्षक कल्पना मोक्तान तामाङ,संरक्षक माया दिप्मा तामाङ प्रमुख सल्लाहकार अनिता तामाङ,वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ तामाङ,प्रवासी एकता मन्च इजरायल संयोजक तिर्थ गौतम ,जनसम्पर्क समिती इजरायलका सभापति खगेश्वर अधिकारी,नेपाली समाज (नेसो) इजरायलका अध्यक्ष सुन्दर सिह लामा तामाङ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्व अध्यक्षहरु रहेका थिए ।


यसैगरी कार्यक्रममा अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आवाद्ध जातिय संस्था तमु समाज इजरायल,ह्योल्मो समाज इजरायल,राष्ट्रिय नेवा खल इजरायल,शेर्पा संघ इजरायल,किराँत याक्थुङ चुम्लुङ इजरायल,किराँत राई यायोख्खा इजरायल,मगर संघ,इजरायलका अध्यक्षहरु तथा प्रतिनिधिहरु,इजरायलमा अवस्थित धार्मिक,सामजिक संघसंस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरु,घेदुङ इजरायलका सल्लाहकारहरु र मिडियाकर्मीहरु रहेका थिए ।

धर्मगुरु लामा थुप्तेन योञ्जन तामाङले बौद्धधर्म अनुसार पाठपूजा गरी सुरु गरिएको कार्यक्रम प्रमुख अतिथि,विशिष्ट अतिथि ,धर्मगुरु लगायतले संयुक्त दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष छत्र गोले तामाङले घेदुङ इजरायलको निम्तालाई स्वीकार्दै उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्य सहित सोनाम ल्होछारको पावन अवसरमा सुख शान्ति र सम्वृद्धिको शुभकामान व्यक्त गरेका थिए । साथै  गायिका सारा तामाङ, कल्पना मोक्तान तामाङ र जुन माया घिसिङ तामाङले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका वरिष्ट उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिता कुमारी घिसिङ तामाङले प्रवास भुमि इजरायलमा सन् २०१० देखि  तामाङ जातिको भाषा, लिपी,भेषभुषा,धर्म, कला, साहित्य, संस्कार, संस्कृति,चाडपर्व, रिम्ठिम परम्परा आदिको संरक्षण सम्बर्धन र बिकासको मुल उद्धेश्य  लिएर बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजन गरेको बताउनु भएको थियो ।

सोनाम ल्होछार कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा. अन्जान शाक्यले ल्होछारको शुभकामना व्यक्त गर्दै इजरायलबाट कृषि प्रविधि नेपाल भित्राउन सक्दो पहल गरी रहेको बताउनु भएको थियो । इजरायलले कृषि सम्बन्धि  प्रविधि हस्तान्तरण गर्न नेपालसंग सम्झौतामा हस्ताक्षर गरीसकेको बताउनु भएको थियो । साथै वहाँले नेपाली राजदुतवास इजरायलले यहाँ स्थित नेपाली संघसंस्थाको सहभागितामा नेपाली खाना महोत्सवको आयोजन गर्ने बताउनु भयो । यसैगरी नेपालबाट इजरायलमा आएर नेपाली खानाको रेस्टुरेन्ट खोल्न / व्यवसाय गर्न इच्छुकहरुलाई सहज वातावरणको व्यवस्था मिलाउने बताउनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,बिशेष अतिथि सुन्दर सिंह लामा तामाङ,तिर्थ गौतम,खगेश्वर अधिकारी,उर्मिला पाख्रिन तामाङ,बी बी लामा तामाङ ,शान्ता ज्ञवाली अधिकारी लगायतले ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गर्दै सभापति अनिला मोक्तान तामाङले ल्होछार कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन ।आगामी दिनमा पनि सबैको सहयोग पाउने अपेक्षा गर्दै  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने हुने सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित वरिष्ट गायक तथा संगीतकारले चर्चित तामाङ सेलो गीतहरु प्रस्तुत गरेर भरपुर मनोरन्जन दिएका थिए । साथै इजरायलवासी स्थानीय नेपाली कलाकारहरु गायक प्रनेश पाख्रिन तामाङ,दुर्गा बि सि र गायिका पेमा लामा पाख्रिन तामाङ र   निर्त्यकार लिला तामाङ,ईशा शर्मा,कल्पना लावती सबित्री सुनवार राईले बेजोड प्रस्तुति राखेका थिए । यसैगरी मेन्दो माया गितमा सुनी माया तामाङ,चिनी माया तामाङ र कुमारी तामाङले सामुहिक निर्त्य प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा वरिष्ट कलाकार चन्द्र कुमार दोङ तामाङलाई गीत संगीतको माध्यमबाट नेपाली तामाङ समुदायको भाषा कला तथा संस्कृतिलाई संरक्षण गर्ने कार्यमा योगदान पुर्याउनु भएकोमा सम्मान पत्र , खादा  र तामाङ पहिचान दोसल्ला ओढाई सम्मान गरेका थिए  । साथै मायाको चिनो प्रदान गरिएको थियो । वहाँलाई नेपाली आदिवासी जनजाती महासंघ इजरायल र महासंघमा आवद्ध जातीय संस्थाको तर्फबाट सामुहिक रुपमा सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिको थियो ।

संस्थाकी वरिष्ट उपाध्यक्ष सिता कुमारी घिसिङ तामाङको संयोजक र प्रथम उपाध्यक्ष एलिजा दोङ तामाङको सहसंयोजकमा सम्पन्न भएको कार्यक्रम संस्थाकी महासचिव पेमा लामा पाख्रिन तामाङ र सचिव निङमा घिसिङ तामाङले कुशलतापुर्वक संचालन गरेका थिए ।
समाचार तयार हुदै गर्दा नेपालबाट आमन्त्रित कलाकार चन्द्र कुमार दोङ तामाङ इजरायलबाट युरोपमा हुने कार्यक्रमको लागि बेल्जियम प्रस्थान गरी सक्नु भएको छ ।

फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution