ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले ल्होछार महोत्सव २८५६ आयोजन गर्ने

याम्बु – ह्याङ्ला दोलखा-काठमाडौ तामाङ समाजले “तामाङ जातीको सांस्कृतिक पर्व ल्होछारको प्रवर्द्धन हाम्रो अभियान !” भन्ने मूल नाराका साथ बिगतमा जस्तै गरी यसपालिको मन्जुश्री सम्बत २८५६ औ सोनाम ल्होछार जिवा/नम्युङ ल्हो (मुसा बर्ग) प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको साथ मनाउने भएको छ ।
आउदो २०७६ माघ २५ गते शनिबार काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिल सुकेधारामा शुभकामना आदानप्रदान तथा “बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम” आयोजना गरिएको समाजका अध्यक्ष सरोज मोहन लामा तामाङले जानकारी दिए ।
कार्यक्रमका विशेष आकर्षणहरुमा दोलखा जिल्लामा भएका सबै जातजातिको सांस्कृतिक कला झल्काउने नृत्य (डान्स) , तामाङ जातिको मौलिक सांस्कृतिक गीतसंगीतको साथमा नृत्य (डान्स), तामाङ जातिको तम्बा, बोन्बो र लामाहरुको मौलिक सांस्कृतिक कला झाकी , तामाङ जातिको मौलिक सांस्कृतिक भेषभुषा र खानाको साथै डम्फु र टुङ्नाको प्रदर्शन र विभिन्न बिधामा ख्याती प्राप्त दोलखाली तथा गैर दोलखाली अतिथि कलाकारहरुको बेजोड प्रस्तुती रहने तामाङ अनलाइनलाई बताउनु भएको छ ।
कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्न चाहाने दोलखाली कलाकारहरुले समयमा नै समन्वय गर्न समेत उहाँले आग्रह गरेका छन् । साथै दोलखाली कलाकारहरुको हकमा नाम र आफ्नो प्रस्तुती टिपाउनका लागि निम्न व्यक्तिसंग सम्पर्क गर्न अनुरोध गरेको छ ।
कलाकार समितिका सदस्यहरु
रामकृष्ण लो तामाङ : ९८५११३००२२, छेवाङ तेन्जिङ लामा : ९८४१२८१०५२, अनिता गोले : ९८६०५८०९८७ र मीन योन्जन : ९८४१२४११२८