हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ घेदुङ इजरायलले आउने शुक्रबार सोनाम ल्होछार कार्यक्रम गर्दै,सम्पूर्ण तयारी पुरा

तेलअविव-नेपाल तामाङ घेदुङ इजरायल द्वारा  बौद्ध धर्मवलम्बी तामाङहरुको महान पर्व सोनाम ल्होछार मंजुश्री सम्बत २८५६ नम्युङ,जिवा ल्हो (मुसा बर्ग )को पावन अवसरमा यहि आउँदो २०२० जनवरी ३१ तारिख (शुक्रबार)तेलअविव स्थित इभ पार्टी हलमा बेलुका ७ बजेदेखि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २८५६ कार्यक्रम गर्ने भएको छ ।

नेपालबाट आमन्त्रित लोकप्रिय राष्ट्रिय बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ तामाङको बेजोड सांस्कृतिक प्रस्तुतीको साथ-साथै इजरायलमा रहेका गायक, गायिका तथा प्रतिभाशाली कलाकारहरुको बेजोड प्रस्तुती साथमा स्वादिष्ट खाना रात्री भोजको सहित सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा, लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, भेषभुषा, रिम्ठिम परम्परा आदिको संरक्षण सम्बर्धन र बिकासको मुल उदेश्य लिएर बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम गरी  ल्होछार मनाउन लागेको हो ।

कार्यक्रमको सम्पूर्ण तयारीहरु पुरा भईसकेको संस्थाका अध्यक्ष अनिला मोक्तान तामाङले जानकारी दिनु भएको छ । नेपालबाट आमन्त्रित लोकप्रिय राष्ट्रिय बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ तामाङ आउँदो बुधबार इजरायल आईपुग्ने जानकारी समेत दिनु भएको छ ।

यो पनि पढ्नुहोला ।

ल्होछार कसरी मनाउने गरिन्छ ?

इजरायलवासी तामाङ ज्योज्यो, आले / नाना, आङाहरु नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा गरिमामय उपस्थितिको निमित्त नेपाल तामाङ घेदुङ इजरायलले  हार्दिक निमन्त्रणा गरेको छ ।

सोनाम ल्होछार अर्थात् मंगोल ल्होछार

ल्होछार परम्परा मूल त नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व हो । नेपालको पश्चिम, मध्य तथा पूर्वी पहाडी हिमाली क्षेत्रमा बढी केन्द्रीत भएर फैलिएका मंगोल समुदायको मात्र नभएर ल्होछार एशियाका समग्र मंगोल समदायकै साझा साँस्कृतिक पर्व पनि हो । यही दिन र समयमा चिन, कोरिया, जापान, मलेशिया, हङकङ, सिंगापुर, भियतनाम, लाओस, थाइल्याण्ड, बर्मा लगायत देशहरुमा यो पर्व धुमधामले मनाइन्छ । अतः ल्होछार मंगोल सँस्कृति र परम्पराको अभिन्न अंगको रुपमा रहेको बुझ्न सकिन्छ । बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा त अझ यसको ज्यादै ठूलो साँस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङ लगायतका समुदायहरु यसलाई ल्हो(रितु) फिर्ने दिनका रुपमा मात्र होइन मुलतः आफ्नो महान् साँस्कृतिक चाड र सभ्यताका रुपमा मान्दछन् । यो सभ्यतासंग जोडेर चन्द्र पात्रोको विकास महामन्जुश्रीले गरेको मानिन्छ । तामाङहरु उनलाई ज्याङपाल भनेर जान्दछन् र आफ्नो ज्ञानको देवताका रुपमा मान्दछन् । यो सभ्यता मुलतः ल्हो परम्परामा आधारित छ ।

विश्वमा अहिले झण्डै ६० लाखको हाराहारीमा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, साँस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ सँस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको सँस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, साँस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्वित गर्दछ ।

के हो ल्होछार भनेको ?

“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।

संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धुमधामले मनाइन्छ । उनीहरु यसलाई बसन्त उत्सव Spring Festival का रुपमा पनि मनाउँदछन् । त्यसैले “माघ शुक्ल प्रतिपदा”का दिन मनाइने “ल्होछार” “अन्तर्राष्ट्रिय ल्होछार” पनि हो । तामाङ जातिको यो महान् ल्होछार पर्व प्रत्येक वर्ष खे्रला छेपा–गी अर्थात् चन्द्र माघ महिनाको माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने गरिन्छ ।

राष्ट्रिय पर्वको मान्यता :

२०५१ साल माघ १३ गते तत्कालीन सरकारले ल्होछार मान्ने समुदायलाई मात्र विदा दिएकोमा गत २०६४ सालदेखि नेपाल सरकारले ल्होछारलाई “माघ शुक्ल प्रतिपदा”को दिन “सार्वजनिक विदा” दिने घोषणा गरेको छ । सो दिनदेखि ल्होछार पर्व नेपाल अधिराज्यद्वारा “मान्यता प्राप्त राष्ट्रिय पर्व” भएको छ । यसबाट तामाङ लगायत जनजातिहरुको स्वतन्त्रता र मौलिक राष्ट्रिय पहिचान राजकीय स्तरमा स्थापित भई नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा मुखरित भएको छ । नेपाल र भारतमा मात्र होइन विश्वभरी नै फैलिएको विशाल समुदाय भएको तथा साँस्कृतिक परम्पराका हिसावले १५ दिनसम्म मनाइने पर्व भएकाले कम्तिमा ५ दिन सार्वजनिक विदा दिनुपर्ने माग तामाङ समुदायको रहदै आएको छ ।

ल्होछार कसरी मान्ने ?

संसारमा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्ल प्रतिपदा”को दिन परेपनि मान्ने तरिका भने मुलुक र समुदायको संस्कृतिअनुसार भिन्न भिन्न रहेको पाइन्छ । यस्तो विविधता भौगोलिक स्थिति, वस्तु–उत्पादन र उपलब्धता, बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि देखिएका छन् । समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हेर्न सकिन्छ । पूर्व तयारी Preparation, ल्होछारको पूर्वसन्ध्या Lhochhar Eve, ल्होछार पश्चात्

ल्होछारको पूर्व तयारी (Preparation for Lhochhar Festival)

सामान्यतया तामाङ समाजमा ल्होछार आउनुभन्दा एक महिना अगावै “ल्होछार”को तयारी शुरु हुन्छ । डोल्पा, मुगु, मुस्ताङ आदि ठाउँमा आज पनि एक महिना अघि नै छेगो(गुथुग) खाएर ल्होछारलाई स्वागत गर्ने चलन छ । यो अवधिमा नयाँ वर्ष लाग्नुभन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नयाँ वर्षलाई स्वागत गर्ने तयारी गर्दछन् । तसर्थ पुरानो वर्षको १२ औं महिनाको अन्तिम दिनहरुमा घर, गाउँ÷टोल, बाटोघाटो, आँगन, चौतारा, पानीपधेंरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउवीजन पानीमा भिजाई टुसा आउने पार्दछन् ।

ल्होछारको पूर्व सन्ध्यामा Lhochhar Eve के के गरिन्छ ?

पुरानो वर्षको अन्तिम औंसिको दिन मानिसहरु बत्ति बाल्न, भगवानको दर्शन गर्न तथा बत्ति चढाउनका लागि गुम्बाहरुमा जान्छन् । धेरै पुजाआजा तथा कर्मकाण्डहरु मार(खराव) वा अकुशल प्रेतात्मा वा अपसकुन हटाउनुका लागि गर्ने गर्दछन् । सो दिन लामाहरुले मार(खराव)माथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् । सामान्यतयाः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् ।

(क) ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ–आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति माग्ने ।

(ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लाे बनाएर ग्रहदशा फाल्ने ।

(ग) आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको वीउविजन राखी पूजापाठ गर्ने । र,

(घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुग (बाह्र ल्हो को टाउको बनाएको थुक्पा) खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने र नयाँ वर्षको विहानीलाई स्वागत गर्ने । अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधैं उज्यालो र खुशियाली आओस् भनी बत्ति(द्धीप) रातभर बाली राख्ने ।

ल्होछार प्रारम्भ, पहिलो दिन Lhochhar’s First Day

ल्होछारको पहिलो दिन मुख्यतः निम्न कार्यहरु सम्पन्न गर्ने परम्परा छः

(क) छो चढाउने : ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची तथा छो (फलफूल, कन्दमुल–आलु÷भ्याकुर÷तरुल, खाप्से, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम(पूजाआजा÷धुपधुवाँर) गर्ने तथा भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने चलन छ । पूजामा चढाएको “छो”(प्रसाद), दुइची, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने गरिन्छ ।

(ख) दर्जु उठाउने : सो दिन नयाँ ल्हो को आगमन (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर, गुम्बा, मठ–मन्दिरहरुमा लुङदर÷दज्र्यू फहराउँने चलन छ र फहराइन्छ । लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई लामागुरुले भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो मानिन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धूपबत्ति बाल्ने र केम (स्याल्गर÷भगवानलाई चढाउने फलफूल) चढाउने गरिन्छ । सकेसम्म पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उठाई सबैले “ल्ह ग्वल्लो दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

(ग) आशिर्वाद तथा शुभकामना दिने–लिने : पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसँगीसँग मिलेर रमाइलो गर्ने गरिन्छ ।

ल्होछार प्रारम्भ पश्चात्  

ल्होछारको दोस्रो दिनदेखि बसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्र लगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आलोपालो गरी इष्ट मित्र कहाँ जाने, आशीर्वाद आदान—प्रदानका साथै आफ्नो दाजुभाई, चेलिवेटी बोलाउने र खानपिन गर्ने गरिन्छ । साथै, आफूले मान्नुपर्ने व्यक्तिहरुका आशिर्वाद लिनुजाने र आफूकहाँ आउने पाहुनाहरुलाई स्वागत गर्ने चलन छ । यो क्रम प्रतिपदादेखि बसन्त पञ्चमीसम्म नै चल्छ । र बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन–पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने तथा दज्र्यू फहराउन बाँकी भएकाले दज्र्यू ठड्याउने चलन छ । यसैवेला आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछारपर्व सम्पन्न गर्ने गरिन्छ ।

अन्तमा, माथिको छलफलबाट ल्होछारको प्रारम्भ अघि गरिने धार्मिक तथा साँस्कृतिक उत्सव Lhochhar Eve सम्पन्न गर्न दुई दिन र प्रारम्भपछि साँस्कृतिक पर्व सम्पन्न गर्न ३ दिन सार्वजनिक विदा तामाङ समाजका लागि अनिवार्य हुन्छ भन्ने कुरा देख्छौं । यसैकारण तामाङहरुले जोडदार रुपमा ल्होछारमा पाँच दिन विदाका लागि आवाज उठाउँदै आएका छन् । राज्यले यसतर्फ गंभीरतापूर्वक सोच्नुपर्दछ । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष वितिसक्दा पनि मुलुकको “राष्ट्रिय साँस्कृतिक नीति” बनिसकेको अवस्था छैन । अनावश्यक सार्वजनिक विदाहरु कटौति गर्दै सबै समुदायका लागि उसको साँस्कृतिक पर्वमा आवश्यक विदा दिने व्यवस्था गर्न जरुरी छ । सबै धर्म सँस्कृतिलाई समान र सम्मान्जनक स्थान दिएर जनतालाई साँस्कृतिक समानताको अनुभूति दिलाउन सके मात्र परिवर्तनको अनुभूति हुने छ ।

(लेखक – नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष हुनुहुन्छ / पुरानो लेख पुर्न प्रकाशित)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution