हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सोनाम ल्होछार कसरी मनाउने गरिन्छ ?

सोनाम ल्होछार अर्थात् मंगोल ल्होछार

ल्होछार परम्परा मूल त नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व हो । नेपालको पश्चिम, मध्य तथा पूर्वी पहाडी हिमाली क्षेत्रमा बढी केन्द्रीत भएर फैलिएका मंगोल समुदायको मात्र नभएर ल्होछार एशियाका समग्र मंगोल समदायकै साझा साँस्कृतिक पर्व पनि हो । यही दिन र समयमा चिन, कोरिया, जापान, मलेशिया, हङकङ, सिंगापुर, भियतनाम, लाओस, थाइल्याण्ड, बर्मा लगायत देशहरुमा यो पर्व धुमधामले मनाइन्छ । अतः ल्होछार मंगोल सँस्कृति र परम्पराको अभिन्न अंगको रुपमा रहेको बुझ्न सकिन्छ । बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा त अझ यसको ज्यादै ठूलो साँस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङ लगायतका समुदायहरु यसलाई ल्हो(रितु) फिर्ने दिनका रुपमा मात्र होइन मुलतः आफ्नो महान् साँस्कृतिक चाड र सभ्यताका रुपमा मान्दछन् । यो सभ्यतासंग जोडेर चन्द्र पात्रोको विकास महामन्जुश्रीले गरेको मानिन्छ । तामाङहरु उनलाई ज्याङपाल भनेर जान्दछन् र आफ्नो ज्ञानको देवताका रुपमा मान्दछन् । यो सभ्यता मुलतः ल्हो परम्परामा आधारित छ ।

कुमार योञ्जन तामाङ

विश्वमा अहिले झण्डै ६० लाखको हाराहारीमा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, साँस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ सँस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको सँस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, साँस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्वित गर्दछ ।

के हो ल्होछार भनेको ?

“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।

संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धुमधामले मनाइन्छ । उनीहरु यसलाई बसन्त उत्सव Spring Festival का रुपमा पनि मनाउँदछन् । त्यसैले “माघ शुक्ल प्रतिपदा”का दिन मनाइने “ल्होछार” “अन्तर्राष्ट्रिय ल्होछार” पनि हो । तामाङ जातिको यो महान् ल्होछार पर्व प्रत्येक वर्ष खे्रला छेपा–गी अर्थात् चन्द्र माघ महिनाको माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने गरिन्छ ।

राष्ट्रिय पर्वको मान्यता ः

२०५१ साल माघ १३ गते तत्कालीन सरकारले ल्होछार मान्ने समुदायलाई मात्र विदा दिएकोमा गत २०६४ सालदेखि नेपाल सरकारले ल्होछारलाई “माघ शुक्ल प्रतिपदा”को दिन “सार्वजनिक विदा” दिने घोषणा गरेको छ । सो दिनदेखि ल्होछार पर्व नेपाल अधिराज्यद्वारा “मान्यता प्राप्त राष्ट्रिय पर्व” भएको छ । यसबाट तामाङ लगायत जनजातिहरुको स्वतन्त्रता र मौलिक राष्ट्रिय पहिचान राजकीय स्तरमा स्थापित भई नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा मुखरित भएको छ । नेपाल र भारतमा मात्र होइन विश्वभरी नै फैलिएको विशाल समुदाय भएको तथा साँस्कृतिक परम्पराका हिसावले १५ दिनसम्म मनाइने पर्व भएकाले कम्तिमा ५ दिन सार्वजनिक विदा दिनुपर्ने माग तामाङ समुदायको रहदै आएको छ ।

ल्होछार कसरी मान्ने ?

संसारमा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्ल प्रतिपदा”को दिन परेपनि मान्ने तरिका भने मुलुक र समुदायको संस्कृतिअनुसार भिन्न भिन्न रहेको पाइन्छ । यस्तो विविधता भौगोलिक स्थिति, वस्तु–उत्पादन र उपलब्धता, बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि देखिएका छन् । समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हेर्न सकिन्छ । पूर्व तयारी Preparation, ल्होछारको पूर्वसन्ध्या Lhochhar Eve, ल्होछार पश्चात् Post Lhochhar ।

ल्होछारको पूर्व तयारी (Preparation for Lhochhar Festival)

सामान्यतया तामाङ समाजमा ल्होछार आउनुभन्दा एक महिना अगावै “ल्होछार”को तयारी शुरु हुन्छ । डोल्पा, मुगु, मुस्ताङ आदि ठाउँमा आज पनि एक महिना अघि नै छेगो(गुथुग) खाएर ल्होछारलाई स्वागत गर्ने चलन छ । यो अवधिमा नयाँ वर्ष लाग्नुभन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नयाँ वर्षलाई स्वागत गर्ने तयारी गर्दछन् । तसर्थ पुरानो वर्षको १२ औं महिनाको अन्तिम दिनहरुमा घर, गाउँ÷टोल, बाटोघाटो, आँगन, चौतारा, पानीपधेंरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउवीजन पानीमा भिजाई टुसा आउने पार्दछन् ।

ल्होछारको पूर्व सन्ध्यामा Lhochhar Eve के के गरिन्छ ?

पुरानो वर्षको अन्तिम औंसिको दिन मानिसहरु बत्ति बाल्न, भगवानको दर्शन गर्न तथा बत्ति चढाउनका लागि गुम्बाहरुमा जान्छन् । धेरै पुजाआजा तथा कर्मकाण्डहरु मार(खराव) वा अकुशल प्रेतात्मा वा अपसकुन हटाउनुका लागि गर्ने गर्दछन् । सो दिन लामाहरुले मार(खराव)माथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् । सामान्यतयाः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् ।

(क) ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ–आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति माग्ने ।

(ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लाे बनाएर ग्रहदशा फाल्ने ।

(ग) आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको वीउविजन राखी पूजापाठ गर्ने । र,

(घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुग (बाह्र ल्हो को टाउको बनाएको थुक्पा) खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने र नयाँ वर्षको विहानीलाई स्वागत गर्ने । अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधैं उज्यालो र खुशियाली आओस् भनी बत्ति(द्धीप) रातभर बाली राख्ने ।

ल्होछार प्रारम्भ, पहिलो दिन  

ल्होछारको पहिलो दिन मुख्यतः निम्न कार्यहरु सम्पन्न गर्ने परम्परा छः

(क) छो चढाउने ः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची तथा छो (फलफूल, कन्दमुल–आलु÷भ्याकुर÷तरुल, खाप्से, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम(पूजाआजा÷धुपधुवाँर) गर्ने तथा भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने चलन छ । पूजामा चढाएको “छो”(प्रसाद), दुइची, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने गरिन्छ ।

(ख) दर्जु उठाउने ः सो दिन नयाँ ल्हो को आगमन (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर, गुम्बा, मठ–मन्दिरहरुमा लुङदर÷दज्र्यू फहराउँने चलन छ र फहराइन्छ । लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई लामागुरुले भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो मानिन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धूपबत्ति बाल्ने र केम (स्याल्गर÷भगवानलाई चढाउने फलफूल) चढाउने गरिन्छ । सकेसम्म पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उठाई सबैले “ल्ह ग्वल्लो दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

(ग) आशिर्वाद तथा शुभकामना दिने–लिने ः पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसँगीसँग मिलेर रमाइलो गर्ने गरिन्छ ।

ल्होछार प्रारम्भ पश्चात्  

ल्होछारको दोस्रो दिनदेखि बसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्र लगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आलोपालो गरी इष्ट मित्र कहाँ जाने, आशीर्वाद आदान—प्रदानका साथै आफ्नो दाजुभाई, चेलिवेटी बोलाउने र खानपिन गर्ने गरिन्छ । साथै, आफूले मान्नुपर्ने व्यक्तिहरुका आशिर्वाद लिनुजाने र आफूकहाँ आउने पाहुनाहरुलाई स्वागत गर्ने चलन छ । यो क्रम प्रतिपदादेखि बसन्त पञ्चमीसम्म नै चल्छ । र बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन–पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने तथा दज्र्यू फहराउन बाँकी भएकाले दज्र्यू ठड्याउने चलन छ । यसैवेला आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछारपर्व सम्पन्न गर्ने गरिन्छ ।

अन्तमा, माथिको छलफलबाट ल्होछारको प्रारम्भ अघि गरिने धार्मिक तथा साँस्कृतिक उत्सव Lhochhar Eve सम्पन्न गर्न दुई दिन र प्रारम्भपछि साँस्कृतिक पर्व सम्पन्न गर्न ३ दिन सार्वजनिक विदा तामाङ समाजका लागि अनिवार्य हुन्छ भन्ने कुरा देख्छौं । यसैकारण तामाङहरुले जोडदार रुपमा ल्होछारमा पाँच दिन विदाका लागि आवाज उठाउँदै आएका छन् । राज्यले यसतर्फ गंभीरतापूर्वक सोच्नुपर्दछ । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष वितिसक्दा पनि मुलुकको “राष्ट्रिय साँस्कृतिक नीति” बनिसकेको अवस्था छैन । अनावश्यक सार्वजनिक विदाहरु कटौति गर्दै सबै समुदायका लागि उसको साँस्कृतिक पर्वमा आवश्यक विदा दिने व्यवस्था गर्न जरुरी छ । सबै धर्म सँस्कृतिलाई समान र सम्मान्जनक स्थान दिएर जनतालाई साँस्कृतिक समानताको अनुभूति दिलाउन सके मात्र परिवर्तनको अनुभूति हुने छ ।

(लेखक – नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष हुनुहुन्छ, पुर्न  प्रकाशित लेख)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution