हेडलाईन

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन         ‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो        

आस्था राउतकाे सवालमा प्रहरीले अधिकार दुरुपयोग ग-यो : सांसद काेमल ओली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन् “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराए । नेकपाका सांसद बलराम बाँस्कोटाले वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ? भन्ने प्रश्न गरे । सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गरिन् ।

राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसद्मा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाए।

नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्टयाइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution