हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीको लागि सम्झौता

याम्बु – वैदेशिक रोजगार विभाग (डिओएफइ)ले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनसीएचएलको कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत डिओएफइको अनलाइन भुक्तानी संकलन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ छ।

कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्टआइपिएस र विभिन्न बैंकिङ च्यानलहरुबाट भुक्तानीहरु गर्नसक्ने बताइएको छ।

प्रारम्भिक रुपमा यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने, बीमा प्रिमियम शूल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन्।

साथै पछिल्लो तहमा कल्याण्कारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परीक्षण शूल्क, कम्पनी नविकरण शूल्कलगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईनमार्फत भुक्तानी गर्न सकिनेछ।

वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच भएको यस सम्झौताले विभागको इ–पेमेन्ट लागू गर्ने उद्देश्यलाई टेवा पुर्याउनुका साथै सर्वसाधारणलाई पनि अन्लाईन माध्यम मार्फत भुक्तानी गर्न सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रबद्र्घित कम्पनी हो।

जसले राष्ट्रिय भुक्तानी पूर्वाधारको विस्तारका निम्ती एनसिएचएल–इसिसी, एनसिएएचल–आइपिएस, कनेक्ट आइपिएस इपेमेन्ट र कनेक्ट आरटिजिएस लगायतका भुक्तानी तथा फर्छौटका प्रणालीहरु स्थापना र सन्चालन गर्दै आइरहेको छ@ सेतोपाटी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution