हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

राष्ट्रपति भण्डारीले सोनाम ल्होछार उद्घाटन गर्न अस्वीकार !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् ।

 

 

२८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो ।
नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठन भएको सोनाम ल्होछार मुल आयोजक समारोह समितिले तय गरेको नारा कारण कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति जाने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको आयोजकले जनाएको नागरिकखबरमा छ।

आयोजक समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा’ नारा तय गरेको छ ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारमा पहिलो पटक राष्ट्रपति आउने तय भए पनि अन्तिम अवस्थामा राष्ट्रपति कार्यालयले रद्द गरेको बताए । राष्ट्रपतिको सचिवालयले ताम्सालिङ स्वायत्तको नारा देखेपछि ल्होछारमा राष्ट्रपति जाने कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ ।

राष्ट्रपतिले राजनीतिक नाराकै कारण पर्यटनमन्त्रीलाई समेत ताम्सालिङको नारा भएको सोनाम ल्होछार जान रोक लगाएको स्रोतले बताएको छ । यद्यपि, यसअघि राष्ट्रपति भण्डारी गुरुङहरुको तुम ल्होछारमा सहभागी भएकी थिइन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्देशनमा नेकपा प्रदेश ३ संसदीय दलले प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो । नेकपाको बहुमत रहेको प्रदेशसभाले केही साताअघि सोही नाम पास गरेको थियो ।

प्रदेशको नामलाई लिएर आदिवासी जनजाति समुदायले असन्तुष्टि प्रकट गर्दै आएका छन् । उनीहरुले प्रदेशको नाम ताम्सालिङ, नेवाः आदि राख्न आग्रह गर्दै आइरहेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution