हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

भोलि दक्षिण कोरियामा सोनाम ल्होछार भव्यताको साथ मनाउदै

सउल – नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान चाड जिवा/नम्च्युं ल्हो ( मुसा वर्ग) मन्जुश्री सम्वत २८५६ सोनाम ल्होछार बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रम भोलि अर्थात् २४ जनवरीका दिन भव्यताको साथ् मनाउने भएको छ ।

कोरियाली नयाँ वर्ष सलनालको पहिलो दिन भव्य रुपमा मनाउनका लागि विश्वका विभिन्न देशबाट आमन्त्रित राष्ट्रिय सेलो गायक तथा गायिकाहरु दक्षिण कोरिया पुगीसकेका छन् ।

सदा झैं यस वर्ष पनि ल्होछारमय सांस्कृतिक कार्यक्रम सुसम्पन्न गर्नका लागि संघको निमन्त्रणामा नेपालबाट चर्चित म्हेन्दोमाया तथा सेलो गायक रोशन फ्युबा तामाङ,बेलायत ( London) बाट आमन्त्रित सेलो गायिका देशु गोले र भारतबाट आमन्त्रित भोईस अफ नेपाल रियालोटी शो सिजन २ ( Voice of Nepal Reality Show Season 2 ) का चर्चित गायिका बैशाली लामा राजधानी सउलमा हुने कार्यक्रमका लागि कोरिया पुगि  सकेका छन् ।साथमा दर्जनौं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाले बताएको छ ।

कार्यक्रममा विशेषगरी तामाङ जातिको मौलिकता झल्किने तामाङ भेषभुषाको साथमा डम्फू नाच प्रदर्शन र विभिन्न स्वादिष्ट ल्होछार परिकारहरुको व्यवस्था रहनेछ । तामाङ जातिको भाषा ,धर्म,संस्कार ,संस्कृति , मौलिक भेषभुषाको संरक्षण र संबर्द्धन गर्ने उद्धेशका साथ हरेक वर्ष मनाईने सोनाम ल्होछार बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा उपस्थितिको लागि यहाँस्थित विभिन्न संघसंस्था एवं व्यक्तित्वहरुलाई पत्राचारका साथमा निमन्त्रणा गरि सकेको छ । कुनै प्राविधिक कारण एवं भुलबस पत्र/ निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानी कोरियावासी आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्युहरु ,शुभचिन्तक,व्यापारी ,बुद्धिजीवी ,पत्रकार ,कलाकार ,विद्यार्थी ,खेलाडीहरुमा निम्न स्थान र समयमा गरिमामय उपस्थितिको लागि नेपाल तामाङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम :
#मिति:-24th January, 2020
#स्थान:-सउल ,भिक्टोरिया होटेल
#समय: दिउँसो ठिक 12 बजे
#जाने_तरिका : (Line 4 को 미아사거리역 3번 출구 बाट सिधा अगाडी हिडेर 2 मिनेट or 동대문 역 बाट 5 station मा ओर्लिने~~
(Victoria Hotel, 빅토리아 호텔)

For private vehicles:-
서울특별시 강북구 도봉로 16 지하 1층

प्रबेश शुल्क: भोजन सहित ✅35,000 वोन

थप जानकारीको लागि :

सोम वाईवा तामाङ 010-2991-1974
उईनासि तामाङ 010-5668-2035
मनोज तामाङ 01029007944
सन्जिप कुमार गोले 010-8263-9663
पार्वती मोक्तान : 01085358860
मेघप्रसाद वाईवा तामाङ 010-6473-9902
राजिब घिसिङ : 01021160560
सानू लामा : 01059641729
गोकुल थोकर : 01082381921
बुद्ध लामा : 01021661924
दूध बहादुर लोप्चन : 01059590502
अमिर योन्जन : 01048376057
स्नेह लामा : 01040578549
मिना गोले : 01090447889

गोकुल थोकर तामाङ मेघप्रसाद वाईवा तामाङ
( महासचिव ) ( अध्यक्ष )

तथा नेपाल तामाङ संघ दक्षिण कोरिया परिवार ।

(नोट:- अग्रिम आर्थिक सहयोग गर्नुभएका महानुभावहरुलाई ‘स-सम्मान सहित प्रवेश’ गरिने छ )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution