एनआरएन इजरायलले भिजिट नेपाल २०२० को प्रचारप्रसार माउन्ट हर्मोनबाट सुरु

तेलअविव – गैरआबासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायलले नेपालको पर्यटन वर्ष २०२० लाई लक्षित् गर्दै इजरायलको पर्यटकीय स्थल माउन्ट हर्मोनबाट भिजिट नेपाल २०२० को प्रचारप्रसार सुरु गरेको छ ।
गत शनिबार संस्था द्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुदै संघका वरिष्ठ उपाध्यक्ष गणेश गिरीले भ्रमण वर्ष २०२० प्रचारप्रसारको लागि उपस्थिती भएको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री राज छत्कुलीले भ्रमण वर्ष २०२० सफल पार्न सबै क्षेत्रबाट एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त कर्यक्रम स्थलमा भिजिट नेपाल २०२० लोगो प्रिन्ट गरिएको क्याप, टिसर्ट लगायत पम्प्लेटहरु त्यहाँ उपस्थित बिदेशी पर्यटकहरुलाई बाडिएको थियो ।
त्यस्तै संघकी अध्यक्ष शान्ती ज्ञवाली अधिकारीले भ्रमण वर्ष २०२० सफल पार्नको लागि प्रचारप्रसार कर्यक्रममा सहभागी हुन इजरायलमा रहनुभएका सबै संघ संस्था, पत्रकार,बुद्धिजीवी दाजुभाई दिदीबहिनीहरुलाई आव्हान गर्नुभएको थियो ।
संघको भिजिट नेपाल २०२० प्रचारप्रसार घुम्ती कार्यक्रम मध्येको यो पहिलो कार्यक्रम थियो भने आगामी ३० जनवरीमा जेरुसलेममा र १४ फेब्रुअरीमा तेलभिवमा आयोजना गरिने आयोजक एनआरएनए इजरायलले जानकारी दिएको छ ।