हेडलाईन

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन         ‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो        

मगर संघ इजरायलद्वारा आयोजति माघ्या सकराटी सांगेतिक कार्यक्रमको पूर्ण भिडियो

तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी साङ्गितिक साँझ २०७६” कार्यक्रम तेलअविवमा भव्यताको साथ सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष लिला थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे , विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , एनआरएन आईसीसी सदस्य बिशाल ज्ञवाली (इजरायल) ,एनआरएन राष्ट्रिय समन्वय समिति इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र मिडियाकर्मीहरु अतिथि रहेका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै संस्थाका द्धितीय उपाध्यक्ष मन राना मगरले स्वागत मन्तव्य राखेका  थिए भने प्रथम उपाध्यक्ष जय  पुन मगरले माघ्या सकराटीको शुभकामना मन्तव्य राखेका थिए ।

नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु गायक टंक बुढाथोकी र मनोज थापा मगरले धमाकेदार प्रस्तुतिका साथ मनोरन्जन प्रदान गरेका थिए । साथै कार्यक्रममा नेपाल मगर संघ शाखा इजरायलका कलाकारहरु संगै इजरायलमा बसोवास गर्ने नेपाली कलाकारहरुले गीत  र निर्त्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट आउनु भएका कलाकारहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । यसैगरी नेपाल मगर संघ शाखा इजरायलका द्धितीय उपाध्यक्ष मन राना मगरलाई इजरायलमा मगर भाषाको प्रशिक्षण दिनु भएर भाषा संरक्षणमा योगदान पुर्याउनु भएकोमा फेटा , खादा  , मायाको चिनो सहित सम्मान पत्र द्वारा सम्मानित गरेको थियो |

कार्यक्रममा प्रमुख अतिथि अर्जुन घिमिरे, विशिष्ट अतिथि तारा काउच मगर लगायतले माघ्या सकराटीको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा तरुल , सेलरोटी , छ्याङ सहित मगर खानाको परिकारहरु संगै हल्का पेय पदार्थ (Soft Drink) को व्यवस्था रहेको थियो ।

कार्यक्रमका सभापति लिला थापा मगरले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न उपस्थित सम्पूर्ण महानुभावहरु संगै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन् । साथै वहाँले कार्यक्रमबाट भएको मुनाफा सहितको ५० लाख रुपियाँको शैक्षिक कोष स्थापन गर्ने घोषणा गरेकी थिईन् ।

कार्यक्रमको भिडियो अपलोड गर्न समय लाग्ने भएकोले विभिन्न भागमा पोस्ट गरिने छ अर्थात् क्रमश आउने छ ।  हेर्दै गर्नुहोला ।

भिडियो भाग – १ 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution