इजरायलमा प्रेम दिवसको अवसरमा सांगेतिक कार्यक्रम गर्दै,भिजिट नेपालको प्रसारप्रचार गर्ने

तेलअविव – नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि इजरायलमा भेलेन्टाइन नाईट “संगीत धमाका २०२०” को आयोजना गर्ने भएको छ ।
इजरायलमा रहेका मिडियाहरुको आयोजनामा आगामी फेव्रुअरि १४ तारिख (शुक्रबार)हगाना वेईत बरबुर १३५ तेलअविवमा नेपालबाट ख्यातिप्राप्त तथा विभिन्न विधाका कलाकारहरुलाई निमन्त्रणा गर्दै संगित महाधमाका भेलेन्टाइन नाईट २०२० आयोजना गर्न लागेको हो ।
नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानियकलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गर्ने भएको छ ।
कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकारद्वारा मान्यता प्राप्त इजरायली सामाजिक संस्थाहरुलाई कार्यक्रममा उपस्थित गराई नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक जोडतोडका साथ लागेको बताएको छ ।
त्यस्तै उक्त कार्यक्रमलाइ अझ रोचक बनाउन ” भेलेन्टाइन नाइट” सङगीत धमाका “फोटो प्रतियोगिता “समेत आयोजना गरिएको छ पहिलो पुरस्कार सामसुङ मोबाइल , दोश्रो पुरस्कार ५०० सेकल नगद , तेश्रो पुरस्कार २५० सेकल नगद र सान्त्वना पुरस्कार २०० सेकल नगद पुरुस्कार रहेको छ।
अघिल्लो सूचनामा उक्त प्रतियोगितामा भागलिन चाहनेले जनवरि १० सम्ममा आधिकारीक पेज (प्रणय दिवस फोटो प्रतियोगिता २०२०) मा फोटो पठाउनु पर्ने भनिए तापनि सबैको अनुरोधलाई मध्यनजर गर्दै आगामी जनवरि २५ सम्म अन्तिम मिति तय गरिएकोले छ।
कार्यक्रममा सहभागिताका लागि इजरायलस्थित मिडियाकर्मी ,धार्मिक तथा सामाजिक संघसंस्था, सामाजिक व्यक्तिव्व, शुभेच्छुक,शुभचिन्तक सबैमा सहभागिताका लागि आग्रह गरिएको छ ।
भेलेन्टाइन मिठो खाजाको साथमा लेबेन्सकी पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागि आयोजकबाट नै बसको ब्यवस्था रहने छ । साथै प्रत्येक टिकटको साथै (visit nepal 2020) लेखीएका एक/ एकवटा आकर्षक टिसर्ट उपहार प्रदान गर्ने भएको छ ।