हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सिन्धुपाल्चोकमा तामाङ समुदाय नयाँ वर्षको रुपमा मनाउँदै माघे संक्रान्ति

नवलपुर : सिन्धुपाल्चोकका तामाङ समुदायले माघे संक्रान्ति पृथक तरिकाले मनाउँदै आएका छन्। यस अवसरमा उनीहरुले मान्यजनलाई ढोग्ने र आशीर्वाद लिने चलन रहेको छ।

यहाँका तामाङ समुदायले माघ महिनाको पहिलो दिनलाई ‘ल्हो फेर्ने’ अर्थात नयाँ वर्षका रुपमासमेत मनाउने गरेका छन्।

यही अवसरमा गाउँ गाउँमा आफूभन्दा अग्रज, आमा बुबालगायत नातामाले ठूलो पर्नेलाई घुँडा टेकेर ढोग्नुका साथै आशीर्वाद लिने गर्छन्। ठूलाले सानालाई उपहार र माया बाँड्छन्।

जिल्लाको इन्द्रावती गाउँपालिका वडा ४ मा पनि बिहानैबाट बालबालिकादेखि युवाहरु अग्रजलाई ढोग्ने र आशीर्वाद लिने क्रम जारी छ।

माघे संक्रान्तिमा यस्तो चलन पूर्खादेखि चलिआएको ८५ वर्षे रामे तामाङ बताउँछन्। भने, ‘बिहान नुहाइधुवाइ गरेर हातमा फुलपाती लिएर ढोग्न हिँड्ने चलन छ।’

आफुले टिपेको फुलपाती शिउरी अग्रजलाई कानमा लगाइदिएर ढोग्ने गरिन्छ। यसपछि भने घरमै पकाइएका तरुल, पिँडालु, आलु, सखरखण्ड, फापरको रोटी ,गहतलगायत का खानेकुरा खएर ठुलाबडाको आशीर्वाद थाप्ने चलन छ।’

तामाङहरुको वर्ष माघदेखि फेरिने र तामाङ समुदायको नयाँ वर्ष माघ महिना भएकोले माघ १ गते नै ढोग्ने चलन रहेको गाउँका चोहो अर्थात मुखिया सूर्य तामाङले बताए। आजबाट सुंगुर वर्ग सकिएर मुसा वर्ग सुरु भएको छ। अबको एक वर्षलाई तामाङ समुदायले मुसा वर्गका रुपमा लिन्छन्।

रामे तामाङका अनुसार यो पूर्खादेखि नै चलिआएको रित हो। यसरी ढोग भेट गर्नु तामाङहरुको नयाँ वर्षलाई स्वागत गर्नु पनि भएको चोहो तामाङले बताए। मूल झाक्री न्याउरे तामाङ पनि परम्पराअनुसार नै माघ १ गते नयाँ वर्षको रुपमा मनाउने गरेको बताउँछन्।

यही दिनबाट यहाँका तामाङ समुदाय दिवंगत पूर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्ने ‘छो फूल्बा’ गर्ने गर्छन्। गाउँगाउँमा अहिले लामाहरु छो फूल्बाका लागि भेला भएका छन्। उनीहरुले म्हाने(स्तुप)लगायत आफ्नै घरमा दिवंगतको थाङ्का राखेर छो फुल्ब गर्ने प्रचलन पनि रहेको छ।

एकजना लामाले ३ वा ५ घरको पूर्खाको सामुहिक रुपमा श्रद्धाञ्जली अर्पण गर्ने र प्रसाद खाने गरिन्छ। छो फूल्बा माघ महिनाभर चल्छ।

-फूलमान तामाङ/पहिलोपोस्ट  ग्यामसे 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution