हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अन्तर्राष्ट्रीय तामाङ परिषदको युरोप प्रथम क्षेत्रीय सम्मेलन बेल्जियममा हुने

याम्बु – अन्तर्राष्ट्रीय तामाङ परिषदको युरोप  प्रथम क्षेत्रीय सम्मेलन आगामी सन् २०२० फेब्रुअरी ७ तारिख बेल्जियममा  हुने भएको छ । युरोप क्षेत्रका बेल्जियम , पोर्तुगल , युके ,इजरायल ,साइप्रस,जर्मन,स्पेन,डेनमार्क,स्विजर्लण्ड,नोर्वे लगायत युरोपमा रहेका तामाङ समुदायको सहभागी रहने अन्तर्राष्ट्रीय तामाङ परिषदका उपाध्यक्ष तथा सम्मेलनका संयोजक बी  बी  लामा तामाङले जानकारी दिनु भएको छ ।

तामाङ समाज बेल्जियमको आयोजक तथा व्यवस्थापनमा हुन लागेको सम्मेलनको लागि युरोपमा रहेका तामाङ संघसंस्थाहरुलाई पत्राचार गरि सकेको र संस्था गठन भई नसकेका युरोप क्षेत्रका तामाङहरु पनि सहभागी हुन सक्ने जानकारी तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामा तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ । साथै सम्मेलनमा संस्थागत प्रतिनिधि एवं परिवेक्षक लगायत सहभागी हुन चाहने इच्छुकहरुले यथासिघ्र तामाङ समाज बेल्जियमलाई जानकारी दिनु हुन समेत हार्दिक अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो अन्तर्राष्ट्रिय सम्मेलन मिरिक घोषणापत्र- २०१८ ले  तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा स‌ंकल्प गर्नुको साथै परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशील बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता समेत गरिएको छ ।

सन् २०१८ मा भारतको मिरिकमा सम्पन्न चौथो सम्मेलनबाट परिमार्जित विधानअनुसार  ५ वटा क्षेत्रीय उपाध्यक्षको अध्यक्षतामा सम्बन्धित क्षेत्रको प्रतिनिधि सम्मिलित सम्मेलन मार्फत क्षेत्रीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution