हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार

याम्बु – आज पौष १५ गते गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ महान् चाड हो । यो चाड नेपाल, भारतलगायत संसारभर छरिएर रहेका गुरुङ जातिले धुमधामका साथ मनाउने गर्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।

 

‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो। गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। गुरुङहरूले यस वर्ष फो (मृग) वर्गलाई बिदाइ गरी च्यु (मुसा) वर्गको स्वागत गर्दै छन्। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ।

प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको प्रसंग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्। यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ। गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्चपहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ। कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो। यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ। ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परमक्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ। यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्याउनेछ।

ल्होसार हाल नियत समयभन्दा एक वा दुई–तीन दिनअगाडिदेखि नै मनाउने गरिन्छ। लोसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। लोसारको दिन बिहानैदेखि आफन्त भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ। नाता–कुटुम्बलाई बोलाएर भोज खुवाएर नाचगान गरी बडो धुमधामका साथ यो पर्व मनाइन्छ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् । गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्। रात्रिको समयमा प्रधान पुरुषले सूर्य अस्ताएको दिशातर्फ फर्किएर धनुषकाण हानी पुरानो वर्षलाई बिदाइ गर्दछन् भने पूर्वतर्फ नयाँ वर्षलाई स्वागत गर्दै बिहानीपख ल्हो नराम्रो नहोस् भन्ने कामना गरी जन्तर बाँध्ने गर्दछन्।

*****

डा. जगमान गुरुङ

तमु ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो चाड हो । तमुको अर्थ गुरुङ र ल्होसारको अर्थ नयाँ वर्ष हो । यसर्थ, गुरुङ समुदायमा आजदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुंगीको स्वरूपअनुसार तमु वर्ष मनाइन्छ । ती जनावरहरूमा मुसा, गोरु, गाई, खरायो, चिल, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुँगुर पर्छन् । ल्होसार विभिन्न नाममा मनाइने भए पनि सबैको अर्थ नयाँ वर्ष नै हो ।

स्वदेशसँगै विदेशमा पनि

ल्होसार अघिल्लो रात (१४ गते) पूजापाठ, नाचगान र भोजभतेर गरी ‘आयो नयाँ वर्ष’ भन्दै मनाइन्छ । गुरुङ समुदाय उक्त रात वर्षकै सबैभन्दा चिसो र लामो रात रहने विश्वास गर्छन् । यो पर्व गुरुङ जाति बसोवास गर्ने नेपालका विभिन्न भागसँगै बेलायत, हङकङ, अस्टे«लिया, ब्रुनाई, जर्मनी, भारत आदि देशमा
पनि मनाइन्छ ।

स्यो कैँ

स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको खाना हो । स्यो कैँको अर्थ सहभोजन भन्ने हुन्छ । तसर्थ, यो खाना तमु ल्होसारको दिन समूहमा बसेर खाने गरिन्छ । स्यो कैँ कुनै एउटा खाना नभई सबैले पैसा उठाएर खाइने सामान्य खाना हो । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । यीबाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।

एकताको पर्व

गुरुङ समुदायका सबै मानिस एकै ठाउँमा भेला भएर मनाउने भएकाले तमु ल्होसारलाई एकताको पर्वसमेत भनिन्छ । पहिले–पहिले तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको पैसा र खानेकुराले पुस १५ मा स्यो कैँ खाइने चलन थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution