हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

शेर्पा संघ इजरायलले ग्याल्पो लोसार मनाउने

तेलअविव – शेर्पा संघ इजरायलले बौद्धधर्मावलम्बी नेपालीहरुको राष्ट्रिय महान चाड अर्थात नयाँ बर्ष २१४७ औं च्या फो – चिवा ल्हो ल्होसारको पावन अवसरमा सधैको बर्ष झै यस बर्ष पनि आउदो फेव्रुवरी २८ तारीख शुक्रबार साँझ यादखारुचिम १५ मा रहेको हलमा ग्याल्पो लोसार साँझ २०७६ को आयोजन गरी भव्यताको साथ मनाउने भएको छ ।

लोसार कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु दावा के शेर्पा र कुसाङ शेर्पा आउनु हुने संघकी महासचिव मिङमार शेर्पाले जानकारी दिनु भएको छ ।

इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीको लागि शेर्पा संघ इजरायलले हार्दिक अनुरोध गरेको छ ।

लोसार कसरी मनाइन्छ ?

ग्याल्पो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो अनुसार नयाँ सालको पहिलो दिनलाई ल्होसारको रुपमा मनाएको देखिन्छ । ग्याल्पो लोसार मंगोल वादशाह जङगिच खानको विजय उत्सवको रुपमा मनाईने गरेको विश्वास गरिन्छ । ग्याल्पो लोसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाउने गर्छन । जापान, चीन, हङ्गकङ्ग, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा पनि लोसार चाड मनाईने गरिन्छ ।

लोसार (नयाँ साल) को गन्ती मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गन्ती र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र बँदेल–फक हुन । ५ धातुहरुः माटो–स, आगो–मे, काठ–सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्ष सम्मको लोसार गन्ती गर्न सकिन्छ ।

लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि लोसारको पूर्व तयारी गर्ने गरिन्छ । घरमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक नयाँ लुगाफाटाहरु सिलाउने र लोसारको लागि किनमेल गरिन्छ । लोसार शुरु हुनुभन्दा हप्ता दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने रोटीको परिकार) पोल्ने र लोफुत (अन्न रोपेर जमरा उमार्ने), आफ्नो ठाउँको हावापानी अनुसार लोसारको पहिलो दिन सम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उम्रेको गहुँलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।

नेपालमा लोसार शुरु हुनुभन्दा दुई दिन अगाडी बौद्ध, कपन, स्वयम्भूका साथै गाउँघरको मुख्य गुम्बाहरुमा विदाई हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त पार्न र विसर्जन गर्न गुम्बाहरुमा विहान देखिनै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा लोसारको विदा शुरु हुन्छ र लामाहरु लोसार चाडको लागि सबै आ–आफ्ना घर जान्छन । यही दिन लोसार मनाउनेहरुले आफ्नो घरको भित्री भागहरु पुरै सफा गर्छन । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र विसर्जन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक एक डल्ला सबैको भागमा राखिन्छ । गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लो भित्र कसको भागमा के परे भनेर सबैले सबैको अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ ।

लोसार शुरु हुनुभन्दा १ दिन अगाडि औंशिको दिन सबैले आफ्नो घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाईन्छ । यसरी घरहरु सजाउँदा विशेष गरी सम्बोता (तिबत्ती) लिपिमा टासी देलेक लेखिएका वाक्यांश र अष्ट मंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ । गाउँघरमा आगोको धुँवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्ट मंगल लेखिए पछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्ट मंगलको प्रतिक बुढी औंलाले पीठोको आठ वटा थोप्ला बनाइन्छ । यही दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भाँडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्प), धुप (धुप), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाइ त्यसमाथि दीर्घ आयुको प्रतीक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्टमित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएर बनाएको), काठको पोङ भित्र राखेको छयाङ फु (अमृत जलको प्रतिक पेय पदार्थ), ग्रह दशाको प्रति रक्षा गर्न राखिएको “डला” (छुरा, तरवार वा काटने हतियार), पञ्च बुद्ध, पञ्च तत्व र पाँच प्राकृतिक शक्तिको प्रतिक बाँसको डण्डामा बेरिएर राखेको पञ्चरङ्गिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा विस्कुटहरु सजाएर राखिन्छ ।

लोसारको पहिलो दिन बिहान सबेरै तीन चार बजे उठेर हात मुख धोए पछि सिधै जमिनबाट पानी निस्क्ने धारामा गएर धारालाई करक्यान (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याइन्छ । यसरी ल्याईएको पानी सर्व प्रथम भगवानलाई तिङ (भगवानलाई पानी चढाउने स–साना सात वटा भाँडा) मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । भगवानको पूजा आरधना भएपछि लोसारको खानाहरु डेसिल (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार) र अन्य लोसारको खाना सबै भन्दा पहिले भगवानलाई चढाइन्छ । घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाइन्छ र अलिकित सगुनको लागि दाँया कुममा छर्किने गरिन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाँया र केटी भए बाँया कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देव थोपर स्योग” भन्छन् । छिमार सँगसँगै छयाङ फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिल पछि खाप्से र अन्य खानाका परिकारहरु खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्ने गरिन्छ । लोसारको पहिलो दिन आ–आफ्नै घरमा बसेर शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो धजालाई झिकी नयाँ धजा ठडाइन्छ । यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाइन्छ ।

लुङदार टाङने प्रचलनको शुरुवात भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्दार टाङ्ने प्रचलन शुरु भएको हो । लुङ्दारको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । लुङदारको सेतो रङको अर्थ भैरोचना बुद्ध (नम्बर नाङजे), निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेंलो रङ रत्न सम्भव बुद्ध (रिङछेन जङदेन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङदारमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जस अनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन् । लुङदारमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेंलो धरती हुन् । लुङ्दार टाङ्नु अगाडि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रब्ने) गरिन्छ ।

लोसारको दिनदेखि पुर्णिमा सम्म  धर्म गुरुहरु र आफ्ना मान्यजनहरुकोमा गएर छिमार खाई आर्शिवाद लिइन्छ । साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डाँडामा दीर्घ आयु, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामुहिक तरच्यो (धजा) ठड्याउने र लुङदार (पञ्च रङ्गिन धजा) टाँगिन्छ । यसरी धजा ठड्याएर लुङदार टाँगेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रो पटक चाँहि “कि कि सो सो ल्हा ग्यल लो” भनेर छर्किन्छ । काठमाडौंमा विशेष गरी बौद्ध, स्वयम्भु, काठे सिम्भू, नमोबुद्ध र जामचोमा लुङदार टाँगेर “कि कि सो सो ल्हा ग्यल लो” भन्नेहरुको ठूलो भीड लागेको देख्न पाइन्छ ।

श्रोत – रिन्जी लामा शेर्पा/ शेर्पासंघ युके डट कम






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution