हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तमु ल्होसारमा सार्वजनिक विदा माग्दै माइतीघरमा प्रदर्शन

याम्बु  । तमु ल्होसारमा माईतीघरमा सार्वजनिक बिदा दिनुपर्छ भन्दै माईतीघरमा प्रदर्शन गरेको छ । आईतबार माइतीघर मण्डलमा पुस १५ गते सावजनिक बिदा दिन माग गर्दै प्रदर्शन गरेका हो ।यस अघि आदिवासी जनजाति समुदायले आफूहरुको चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै गत साता माइतीघरमा प्रर्दशन गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका थिए । तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदा दिन माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदा दिन माग गर्दै गुरुङ समुदायले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको नेतृत्वमा सामाजिक विकास मन्त्रालय अगाडि मिलनचोकमा प्लेकार्डसहित प्रदर्शन भएको हो ।

एक हजार बढीको संख्यामा जातीय भेषभुषामा उपस्थित गुरुङ समुदायले भुड्कीचोकदेखि मिलनचोकसम्म मुख्य राजमार्गको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । उनीहरुले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने, धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि सामाजिक विकास मन्त्रालय अगाडि आयोजित कोणसभामा गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सहकोषाध्यक्ष टौबहादुर गुरुङ,प्रदेश उपाध्यक्ष धनबहादुर गुरुङ,रुपन्देही सचिव ओमप्रकाश गुरुङ लगायतले सरकारले आदिवासी जनजातिका तमु ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा नदिएमा आदिवासी जनजाति महासंघको नेतृत्वमा सशक्त आन्दोलनमा उत्रिने बताए ।

ल्होसारमा सार्वजनिक बिदा माग गर्दै सोमबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ का सचिव एलबी गुरुङले बताए ।

तमु ल्होसारमा बिदा माग्दै पोखरामा पनि प्रदर्शन

पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार (पुस १५) मा सरकारले राष्ट्रिय बिदा कटौती गरेको भन्दै पोखरामा आइतबार प्रदर्शन भएको छ । तमु ह्युल छोंज धिंको अगुवाइमा पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो ।

गुरुङ समुदायसहित सम्पूर्ण जनजातिको पर्वलाई राष्ट्रिय पर्वबाट हटाइ राज्यले भेदभावपूर्ण व्यवहार गरेको उपस्थितको आरोप थियो । राज्यले धर्म निरपेक्षता घोषणा गरे पनि भेदभाव गरिरहेको उनीहरुको भनाइ थियो ।

‘ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व हो । अहिले आएर राज्यले यसलाई एउटा जातको पर्वमामात्रै सीमित गर्न खोजेको छ,’ धिंका केन्द्रीय उपाध्यक्ष मनोज गुरुङले आक्रोश पोखे, ‘सम्पूर्ण जनजातिलाई अपहेलना गर्दै जम्मा ५ दिनमात्रै बिदामा सीमित गरेको छ ।’ उनले राज्यले निर्णय नसच्याउँदासम्म आन्दोलन कडा रुपमा जारी राख्ने चेतनावनी दिए ।

ठूलो संख्यामा जम्मा भएका गुरुङ समुदायका प्रदर्शनकारीले ‘तमु ल्होसारलाई सार्वजनिक बिदा कायम गर्, के सरकार एउटामात्रै समदायको हो र ?, नेपालका सबै जातजातिका संस्कृतिलाई समान व्यवहार गर्,’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । ल्होसार पुस १५ गते मनाइँदैछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution