हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भारतमा नागरिकता ऐनको विरोध प्रदर्शन, ३ जनाको मृत्यु

नयाँ दिल्ली। भारतमा नागरिक संशोधन ऐनको विरोधमा भएका विरोध प्रदर्शनहरुले बिहीबार हिंसात्मक रुप लिएका छन्। बिहीबार नागरिकता ऐन विरोधी प्रदर्शनका क्रममा कम्तिमा ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रदर्शनका क्रममा बिहीबार प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारी मारिएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्। लखनऊमा एकजनाको मृत्यु भएको छ भने कर्नाटकको मंगलोरमा २ जनाको मृत्यु भएको छ।

नागरिक ऐन विरोधी ऐनले पूरा भारत तनावग्रस्त बनेको छ।

प्रहरीले विवादास्पद नागरिकतासम्बन्धी नयाँ कानुन विरुद्धको प्रदर्शनमा लगाएको प्रतिबन्ध अवज्ञा गर्ने सयौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर प्रतिबन्ध लगाइएको छ ।

दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा अधिकारीहरूले मोबाइल टेलिफोन सेवा समेत अवरुद्ध गरिदिएका छन् । भारतभर केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् भने कतिपय स्थानमा हिंसा भएका थिए । नयाँ कानुनले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट भारत पुगेका गैर(मुस्लिम आप्रवासीलाई नागरिकता प्रदान गर्ने बाटो खोलेको छ । त्यसलाई लिएर भारतीय नागरिकहरूको विचार विभाजित छ ।

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागू गरिएको छ। तैपनि वामपन्थी दलले विरोध प्रदर्शन गरेका छन् । हैदराबाद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शनहरू भएका खबर प्राप्त भएको छ । बंगलुरुमा सरकारका आलोचकको रूपमा चिनिने इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरको छ । र उनलाई पक्राउ गरिएको भिडिओ सामाजक सञ्जालमा चर्चित बनिरहेको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीने ट्वीट गर्दै उक्त गिरफ्तारीको निन्दा गरेकी छन् । उनले सरकार ‘एकजना इतिहासकारले मिडियासँग कुरा गर्दा र महात्मा गान्धीको पोस्टर हातमा लिँदा डराएको’ टिप्पणी गरिन् । प्रहरीले दिल्लीमा स्वराज पार्टीका नेता योगेन्द्र यादव समेत कैयौँलाई हिरासतमा लिएको छ ।

दिल्ली मेट्रो रेलसेवाका कतिपय स्टेशन बन्द गरिएका छन् । दिल्ली मेट्रोका अनुसार सुरक्षाका कारण बाराखम्बा, बसन्त विहार, मन्डी हाउस, केन्द्रीय सचिवालय, पटेल चौक, उद्योग भवन, आईटीओ, प्रगति मैदान, खान मार्केट बन्द गरिएका छन् ।

दिल्लीका कतिपय स्थानमा प्रदर्शन गर्न रोक लगाइए पनि लाल किलामा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू भेला भएका छन् । अभिनेत्री प्रियंका चोपडाले शान्तिपूर्ण प्रदर्शनको समर्थन गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छन्, ‘सबै बालबालिकाको निम्ति शिक्षा हाम्रो सपना हो। स्वतन्त्र रूपले सोच्न शिक्षाले मद्दत गर्छ।

एक सफल लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आवाज उठाउन आवश्यक छ र त्यो आवाजविरुद्ध हिंसा गलत छ । हरेक आवाजले भारतलाई बदल्न भूमिका निर्वाह गर्छन् ।’ अभिनेता रितिक रोशनले पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘एक पिता र भारतीय नागरिकको रूपमा देशका कैयौँ शैक्षिक संस्थामा देखिएको अशान्ति र गतिरोधले म चिन्तित छु । छिट्टै शान्ति बहाल हुने मेरो आशा र त्यसको निम्ति प्रार्थना छ ।’

संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो । गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ ।

भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ । अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ । छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले अङ्गीकृत नागरिकता पाउन सक्नेछन् ।

-एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution