इजरायलमा जनसम्पर्क समितीले आयोजित खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न

याम्बु – नेपाली जनसम्पर्क समिती इजरायलले डिसेम्बर 13 तारिखको दिन तेल अभिब स्थिति यसोधामाला 44 मा नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान वैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सभापतित्वको आशन ग्रहण नेपाली जनसम्पर्क समिती इजरायलका सभापति श्री खगेस्वर अधिकारि रहेका थियो नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रखर बक्ता नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष प्रदिप पौडेलको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेस धादिङ जिल्ला सभापति टानका पुर्व अध्यक्ष प्रखर बक्ता युवा नेता श्री रमेश प्रसाद धमलाको बिशिस्ट उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमका संयोजक महामन्त्री राज छत्कुलीले गरेका थिए भने कार्यक्रम संचालन महामन्त्री सुर्य बहादुर रानाले गरेका थिए ।
कार्यक्रममा इजरायलमा रहेका राजनीतिक, सामजिक, मिडियाकर्मी, जातिय, धार्मिक साहित्यिक संघसंस्था प्रतिनिधि साथीहरु अतिथिको रुपमा रहेको थिए ।
उक्त कार्यक्रममा रास्ट्रको सम्मान स्वरुप राष्ट्रिय गान गाउदै ज्ञात अज्ञात सहिद हरु प्रती मौन धारणा गरि कार्यक्रमका सभापति प्रमुख अतिथी बिशिस्ट अतिथी लगायत साथी हरुबाट दिप प्रज्व्लन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता समाजबाद सिधाान्तका प्रतिपादक बिपि कोइरालाको तस्बिरमा माल्यापर्ण गरि सांस्कृतिक बिभाग प्रमुख लाल दुरा र सहमहामन्त्री माया खनाल, सुर्य राना समीर छन्त्याल, चित्र जुग्जाली र भरत धमलाले स्वागत गित गाउदै अतिथी लगायत उपस्थित सम्पुर्ण लाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रम स्वागत मन्तव्य संस्थाकी प्रबक्ता रुकमाया खानलले दिएका थिए । कार्यक्रममा समाजबादी पार्टीका संयोजक सुन्दर योंजन तामाङ, प्रबासी नेपाली एकता मंचका प्रतिनिधि जय ओडारी, नेपाली जनसम्पर्क समिती इजरायलका सल्लाहकार सुरेन्द्र प्रसाइ , एन आर एन ए इजरायलका अध्यक्ष शान्ता अधिकारी, मिडियाकर्मीको तर्फबाट तामाङ अनलाइनका प्रधान सम्पादक बिबि लामा तामाङ र नेपाली जनसम्पर्क समिती इजरायलका निवर्तमान कार्यबाहक सभापति बर्तमान प्रमुख सल्लाहकार डम्बर गुरुङले आफ्नो महत्त्वपूर्ण मन्तव्य राखेका थिए ।
यसै कार्यक्रम लाई मनोरञ्जन दिने हेतुले इशा शर्माले नेपालको राष्ट्रियता झलाकाउने राष्ट्रिय गितमा आफ्नो जोडदार प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता धादिङ जिल्ला सभापती एबम टानका पुर्वअध्यक्ष रमेशप्रसाद धमलाले वर्तमान राजनीति परिबेश र सरकारले गरेका गलत क्रियाकलापको बारेमा जन्ता सुसुचित हुनु पर्ने कुराको जोड दिएका थिए ।
उक्त कार्यक्रममा नेपाल नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नेपाली काङ्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले काङ्ग्रेस सधै जन्ताको साथमा रहेको र भाबीदिनमा पनि जन्ताको साथमा रहेर आफ्नो पार्टीले कार्यसम्पादन गर्ने र सरकारको गलत रबैया गलत कार्य प्रती काङ्ग्रेसले कुनै सम्झौता नगरी सदन र सडक बाट सरकारको सहि काम लाई समर्थन गर्ने र गलत कामको लागि खबरदारी गर्ने कुराको सुचित गराउनु भयो ।
यसै कार्यक्रममा कार्यक्रमका संयोजकले उक्त कार्यक्रम सफल पार्न जो जसले प्रत्येक्ष अप्रत्येक्ष अहोरात्र खटेर भुमिका निर्वाह गर्नु भयो उहाहरुलाइ धन्यवाद व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रमका सभापति खगेस्वर अधिकारीले आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्दै कार्यक्रम सकिएको घोषणा गरेका थिए @स्वदेशनेपाल ।