हेडलाईन

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ         भोजपुर समाज इजरायलको अध्यक्षमा अनु थापा         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अध्यक्षमा चिनु सुवेदी निर्वाचित        

इजरायलमा दुई तामाङ संस्था बिच ऐतिहासिक एकता घोषणा

तेलअविव – इजरायलमा गठन भएको दुई तामाङ संस्था नेपाल तामाङ घेदुङ इजरायल र राष्ट्रिय तामाङ घेदुङ इजरायल बिच नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यालयमा ऐतिहासिक  एकता घोषणा  छ ।

नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङ  र राष्ट्रिय तामाङ घेदुङ इजरायलका संस्थापक तथा संयोजक बिक्रम लामा तामाङले एकता घोषणामा हस्ताक्षर गरी एकता सम्पन्न गरेको हो ।

एकता घोषणा कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , नेपाल मगर संघ इजरायलका उपाध्यक्ष  मन राना मगर लगायत दुवै घेदुङका पदाधिकारी तथा पुर्व अध्यक्षहरुको उपस्थित रहेको थियो ।

एकता घोषणाको क्रममा राष्ट्रिय तामाङ घेदुङ केन्द्रिय अध्यक्ष बिर बहादुर योञ्जन तामाङलाई समपर्क गरी  जानकारी दिएका थिए । वहाँसंगको टेलिफोन सम्पर्कमा वहाँले ‘केन्द्रमा पनि एकताको लागि पहल भईरहेको र यहाँहरु एक भएर अघि बढ्नुहोला’ भन्नु भएको थियो ।

एकताको घोषणाको लाइभ हेर्नको लागि क्लिक गर्नुहोस्

एकता घोषणाको पूर्ण अंश

प्रस्तुत विषयमा आज मिति १४ डिसेम्बर २०१९ शनिबार तेलअभिव स्थित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यालयमा राष्ट्रिय तामाङ घेदुङ इजरायल तथा नेपाल तामाङ घेदुङ इजरायल विच एकता घोषणा सु-सम्पन्न भएको कुरा सबैमा सहर्ष जानकारी गर्दछौं। यो ऐतिहासिक एकता घोषणा पश्चात आजै कै मिति बाट सम्पूर्ण नेपाली राष्ट्रिय तामाङ समुदायहरुका निमित एक मात्र साझा संस्था नेपाल तामाङ घेदुङ इजरायल मात्र रहने जानकारी पनि गर्दछ |

साथै,नेपाली राष्ट्रिय तामाङ समुदायहरुको आफ्नो राष्ट्रिय मौलिक भाषा,धर्म,भेषभुषा,लिपि,सस्कार र संस्कृतिलाई प्रवासभुमि बाट प्रबर्द्धन र संरक्षण गर्ने एउटै लक्ष्य र उदेश्यका लागि स्थापित दुई संस्था विचको यो ऐतिहासिक एकता घोषणाले विश्वका तामाङ समुदाय माझ सकरात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा हामि खुसि व्यक्त गर्द्छौ।

यो ऐतिहासिक एकताले इजरायलमा रहनुभएका तामाङ ज्योज्यो,आले,नाना,आङा लगायत स्वदेश तथा विदेशमा रहनुभएका आम तामाङ समुदायको शिरलाई उच्च बनाउदै “आजको आवश्यकता विश्वको तामाङ एकता” भन्ने मूल मन्त्रलाई हामी कोहि कसैले पनि भुल्न नहुने र एकतामा नै हाम्रो शक्ति हुने भएकोले अब हामी फुटेर होइन जुटेर सबै मिलि एकसाथ ताम्सालीङ स्वायत्त प्रदेश स्थापनाका लागी दिलै बाट सशक्तरुपमा लाग्न विश्वमा रहनुभएका नेपाली आम ज्योज्यो,आले,नाना,आङहरुमा विन्रम पुर्वक हार्दिक अनुरोध आग्रह गर्दछौ |

विक्रम मोक्तान तामाङ
(संयोजक)
राष्ट्रिय तामाङ घेदुङ,इजरायल ।

अनिला मोक्तान तामाङ
(अध्यक्ष)
नेपाल तामाङ घेदुङ,इजरायल ।

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution