हेडलाईन

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै        

१३ औं साग खेलकुद समापन,नेपाललाई ऐतिहासिक सफलता

याम्बु । १० दिनसम्म चलेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मंगलबार समापन भएको छ। विभिन्न २६ खेल समावेस गरिएको १३ औं सागका खेलहरु नेपालका विभिन्न ३ वटा शहरमा भएका थिए। काठमाडौं, पोखरा र जनकपुरमा भएका खेलहरुमा नेपालले यो पटक ऐतिहासिक सफलता पाएको छ।

नेपालले साग इतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जितेको छ। १० दिनसम्म चलेको खेलमा नेपालले हरेक दिन स्वर्ण पदक जितेको थियो। नेपालले यो पटक ५१ वटा स्वर्ण पदक जितेको छ। यसअघि नेपालले नेपालमै आयोजना भएको ८ औं साफ (१९९९) मा ३१ स्वर्ण पदक जितेको थियो।

नेपालले यो पटक ऐतिहासिक रुपमा पौडी, कुस्ती जस्ता खेलमा पनि स्वर्ण जित्यो। भारत्तोलन, एथलेटिक्समा पनि नेपालले स्वर्ण पदक जितेको थियो। यस्तै परम्परागतरुपमा मार्शलआर्टमा बलियो नेपालले यो पटक पनि कराँते, तेक्वान्दोमा स्वर्ण पदक जित्यो।

नेपालका लागि पौडीकी गौरिका सिंह सबैभन्दा सफल खेलाडी बनिन्। उनले यसअघि तेक्वान्दोका दिपक विष्टको नाममा रहेको ४ स्वर्ण जित्ने कीर्तिमानसमेत बराबर गरिन्। नेपालले व्यक्तिगततर्फ सागमा स्वर्ण जितेको यो पहिलो पटक हो।

जलपरीका नामले चर्चित १६ वर्षीया गौरिकाले यो पटक ऐतिहासिक रुपमा ४ स्वर्ण, १ रजत र १ काश्यसहित ६ पदक जितिन्। यस्तै तेक्वान्दाकी आयशा शाक्यले दुई स्वर्ण जितिन्। समग्रमा भन्नुपर्दा यो साग नेपाली महिला खेलाडीका नाममा रह्यो। नेपालले फुटबलमा पनि हजारौं दर्शकका अगाडि भुटानलाई फाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जित्यो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्यसहित २०६ पदक जित्यो।

समग्रमा यो सागको प्रथम भने सदा झै भारत बन्यो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ काश्यसहित ३१२ पदक जित्यो।

यस्तै तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ काश्यसहित २५८ पदक जित्यो। चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण, ३९ रजत र ६१ काश्यसहित १३१ पदक जित्यो। पाँचौ स्थानको बांगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काश्यसहित १३८ पदक जित्यो।

माल्दिभ्सले १ स्वर्ण र ४ काश्यसहित ५ पदक जित्यो। उता भुटान भने स्वर्णबिहीन भयो। भुटानले ७ रजत र १३ काश्यसहित २० पदक जित्यो।

१३ औं सागमा अफगानिस्तानबाहेक सार्क राष्ट्रका करिब २७ सय खेलाडीले भाग लिएका थिए।

डिसेम्बर १ मा राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्यरुपमा उद्घाटन गरेको साग १० डिसेम्बर मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले समापन गरे। समापनका अवसरमा दशरथरंगशालामा आतिसवाजी, लेजर लाइट, विभिन्न कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

प्रधानमन्त्री केपी ओलीले भिडियो केन्फ्रेसिंगमाफर्त समापन समारोहलाई सम्बोधन गरेका थिए। १४ औं साग ३ वर्षपछि पाकिस्तानमा गर्ने निर्णय भएको छ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution