हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

काभ्रे कोशीपारी भ्रमण वर्ष–२०२०’ लाई लक्षित गर्दै विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण

काभ्रेपलान्चोक । ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल प्रवद्र्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो ।

बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवद्र्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको समाजका अध्यक्ष स्थानीयवासी राम घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, “आउँदो भ्रमण वर्षमा पर्यटक लक्षित गर्दै अगावै बुद्धमूर्ति बनाएका हौँ ।”

मूर्ति निर्माणपछि समाजले हाल प्रचारप्रसार गर्दै पर्यटकलाई घुमाउने, स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने तयारी गर्ने, घरबास ९होमस्टे० व्यवस्थापनमा लाग्ने योजना बनाएको छ । पर्यटकलाई विर्तादेउराली पुर्याउन सडक स्तरोन्नतिसँगै पुष्पलाल लोकमार्ग हुँदै जाने ट्रेकिङ रुट तयार गरिने समाजका अध्यक्ष घिसिङले बताउनुभयो ।

समाजले रु ३२ लाखको लागतमा मूर्ति निर्माण गरेको हो । समाजले आउँदो वर्ष विर्तादेउरालीमै दृश्यावलोकन स्तम्भ र हजार सिँढी बनाउने योजना बनाएको घिसिङले बताउनुभयो । उहाँका अनुसार बुद्धमूर्ति निर्माणपछि स्थानीय बुद्ध धर्मावलम्बीमा धर्मप्रति आस्था बढ्ने विश्वास गरिएको छ ।

गाउँपालिका अध्यक्ष दीननाथ गौतमले बुद्धमूर्ति गाउँपालिकाको पर्यटकीय सम्पत्तिका रूपमा विकसित भएको बताउनुभयो । “यसले भ्रमण वर्षलाई थप ऊर्जा प्रदान गर्नेछ, हामी मूर्ति भएको स्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेछौँ”, उहाँले भन्नुभयो । वडाध्यक्ष धनबहादुर लामाले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर लैजान मूर्ति निर्माणका सहयोग गरिएको बताउनुभयो ।

मूर्तिको ३ नं प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले शनिबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य

नविना लामा, ३ नं प्रदेशसभा सदस्य रत्न ढकाल, पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायतले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन स्थानीय कलासंस्कृतिले ठूलो सहयोग गर्ने धारणा राख्नुभएको थियो । रासस






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution