राम लिम्बुले जिते दोस्रो ‘द भ्वाइस अफ नेपाल’को उपाधि

याम्बु -रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ राम लिम्बुले जितेका छन्। काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा लिम्बुले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’ को उपाधि जितेका हुन्।लिम्बु टिम प्रमोदको तर्फबाट थिए। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद जितेका छन्।
यस्तै उनले डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पाएका छन्।उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु थिए।