हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

केयरगिभरका लागि जापान रोजगारी : भाषा परीक्षामा १ जना मात्रै पास, सीप परीक्षामा सबै फेल

याम्बु  – नर्सिङ केयर कामका लागि जापान जानेहरुलाई जापान फाउण्डेसनले गत अक्टोबरमा लिएको जापानिज भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। फाउण्डेसनले लिएको भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

जापानले गत अक्टोबर १७, १८ र १९ मा पहिलो चरणको भाषा परीक्षा सञ्चालन गरेको थियो। जापान फाउण्डेसनले भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन माग गरी लक्की ड्रमार्फत छनोट गरेको थियो। लक्की ड्रमार्फत छनोट भएकाहरुलाई भाषा परीक्षा र सीप परीक्षणमा सामेल गराएको थियो।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट अर्थात् भाषा परीक्षामा १२ जना परीक्षार्थीहरु सामेल भएका थिए। जसमध्ये १ जनामात्रै उत्तीर्ण भएको फाउण्डेसनले उल्लेख गरेको छ।

नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टमा १५ जना सहभागी भएकामध्ये उत्तीर्णको संख्या शून्य छ। जापानले पहिलो चरणमा कम्प्युटर बेसमा आधारित परीक्षा लिएको थियो।

कुन मूलुकबाट कति उत्तीर्ण

फाउण्डेसनले नर्सिङ केयरका लागि नेपालसँगसँगै फिलिपिन्स, कम्बोडिया, इन्डोनेसियामा लिएको भाषा परीक्षा र सिप परीक्षणको नतिजा एकैपटक सार्वजनिक गरेको छ। भाषा परीक्षामा फिलिपिन्सबाट ४७ जना सहभागीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। भाषा परीक्षामा ५३ जना सहभागीमध्ये ४२ जना उत्तीर्ण भएका छन्।

कम्बोडियाबाट जापानीज भाषा परीक्षामा १ सय १० जना सहभागीमध्ये ६ जना उत्तीर्ण भएका छन्। भाषा परीक्षामा १ सय १४ सहभागीमध्ये ४ जना उत्तीर्ण भएका छन्। इन्डोनेसियाबाट भाषा परीक्षामा सहभागी भएका ४६ जना परीक्षार्थीमध्ये १७ जना उत्तीर्ण भएका छन्। सीप परीक्षामा सहभागी ४६ मध्ये २७ जना उत्तीर्ण भएका छन्।

अन्य मूलुकहरुको तुलनामा नेपालबाट भाषा परीक्षा र सिप परीक्षणमा सहभागी हुनेहरुको अवस्था ज्यादै नाजुक देखिएको छ।

भाषा र सिप परीक्षामा उत्तीर्ण हुन कति अंक?

जापानले लिने भाषा तथा सीप परीक्षणमा उत्तीर्ण हुन कम्तीमा ६० अंक प्राप्त गर्नुपर्दछ। ६० अंक पाएकाहरु फाउन्डेसनले सञ्चालन गर्ने स्किल टेस्टमा सामेल हुन पाउँछन्। स्किल टेस्टमा पनि ६० अंक प्राप्त गरे उनीहरु उत्तीर्ण भएको मानिन्छ। स्किल टेस्टमा उत्तीर्ण भएका परीक्षार्थीहरुले योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) प्राप्त गरेपछि रोजगारीका लागि बाटो खुलेको मानिन्छ।

के भन्छ मन्त्रालय?

जापान फाउण्डेसनले सार्वजनिक गरेको नतिजाबारे आधिकारीक जानकारी मन्त्रालयसम्म आइनसकेको मन्त्रालयले जनाएको छ। भाषा परीक्षाको नतिजाबारे जापानबाट मन्त्रालयलाई आधिकारीक जानकारी नआइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका उपसचिव दिपक ढकालले जापानले लक्की ड्रमार्फत परीक्षार्थी छनोट गरी भाषा परीक्षा तथा सीप परीक्षणमा सहभागी गराएका कारण पनि परीक्षा फल कमजोर देखिएको हुनसक्ने बताए।

लक्की ड्रमार्फत परीक्षार्थी छनोट गर्दा पास हुन सक्ने खालका विद्यार्थीहरु छनोटमा नपर्ने समस्या हुने उनको भनाइ छ। जापानिज राजदूतावास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायबीच मंगलबार मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ। छलफल नेपालबाट श्रमिक रोजगारीका लागि जापान पठाउने सम्बन्धमा केन्द्रित हुने जनाइएको छ।

नेपालबाट जापानका विभिन्न १४ क्षेत्रमा कामदार लैजाने गरी नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सहकार्यको समझदारी पत्रमा गतवर्षको चैत ११ गते हस्ताक्षर गरिसकेका छन्।

सोही समझदारीअनुसार नै जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरमा कामदार लैजाने भएको थियो।

जापानमा कामदार संकट निम्तिएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति अघि सारेको छ। ५ वर्षभित्रमा नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सबाट श्रमिक लैजाने जनाएको छ। यी मुलुकहरुबाट जापानले ३ लाख ४५ हजार हाराहारीमा कामदार लैजाने भएको हो।

नेपालबाट सबैभन्दा बढी कामदार जापान पठाउन पहल गर्ने उद्घोष गरिरहेको सरकारले कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन।

भाषा परीक्षामा सहभागि हुने परीक्षार्थीहरुका लागि उपयुक्त भाषा प्रशिक्षण केन्द्र तथा आवश्यक सीपका लागि पनि सरकारले कुनै पहल गर्न सकेको छैन। भाषा परीक्षा तथा सीप परीक्षणको नतिजा हेर्दा नेपालबाट उल्लेख्य संख्यामा रोजगारीका लागि जापान जान सक्ने अवस्था देखिएको छैन।

जापान कामदार पठाउने सम्बन्धमा नेपाल सरकारले बेलैमा सक्रियता देखाउन नसके नेपालीहरुको रोजगारीको अवसर गुम्ने जानकारहरु बताउँछन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution