अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलन सम्पन्न, युरोपको तयारी हुदै

याम्बु – अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलन शुक्रबार ओमनको मस्कट रुइ सिटीमा सम्पन्न भएकोछ । सम्मेलनले मिरिक सम्मेलन २०१८ को बिधान अनुसार अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय उपाध्यक्ष सोनाम दोङ तामाङको अध्यक्षमा क्षेत्रीय समिति गठन गरेको छ ।
ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले सुरेन्द्र थिङ तामाङ (युएइ) लाई सचिव र सदस्यहरुमा राम तामाङ (ओमान), धिरेन तामाङ (कतार), अनिता तामाङ (ओमन), सुरेश ग्याबा तामाङ (कुबेत) लाई निर्वाचित गरेका छन् ।
सम्मेलनमा विशेष अतिथि अन्तराष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ, महासचिव तथा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङ, घेदुङ सचिव तथा नेपाल आदिवासी जनजाति महासंघका संघीय सदस्य रामकृष्ण ब्लोन तामाङ, भाषा तथा साहित्य बिभाग प्रमुख काजिमान थिङ तामाङ लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरि घेदुङका पूर्व सचिव प्रतिक तामाङ, अन्तराष्ट्रिय तामाङ परिषद्का सचिव रबिन थिङ तामाङले अध्यक्ष मण्डलको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा युएइ अध्यक्ष महेश मोक्तान तामाङ, कुवेत अध्यक्ष सुरेश ग्याबा तामाङ, कतार अध्यक्ष धिरेन ग्याबा तामाङ, ओमन अध्यक्ष तेज तामाङ, बहराइन उपसंयोजक पेमा तामाङ, कतार समाज संरक्षक संखलाल तामाङ लगायतले अबधराणापत्र पेश गरेका थिए ।
अन्तराष्ट्रिय तामाङ परिषद्को ५ क्षेत्र मध्ये पुर्वी एसिया तथा अष्ट्रेलिया र खाडी तथा मध्यपुर्वी क्षेत्रको सम्मेलन पुरा भईसकेको छ भने दक्षिण एसियाको सम्मेलन भारतमा गर्ने घोषणा भईसकेको छ ।
युरोप क्षेत्रको सम्मेलन आगामी फेब्रुअरी महिनामा गर्न छलफल भईरहेको अन्तराष्ट्रिय तामाङ परिषद् युरोपका उपाध्यक्ष बी बी लामा तामाङले जानकारी दिनु भएको छ । उत्तर दक्षिण अमेरिकाको सम्मेलन हुना बाँकी रहेको छ ।
अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलन द्वारा जारी ७ बुँदे ‘ओमन’ घोषणापत्र