मलेसियामा तामाङ घेदुङले सोनाम ल्होछार २८५६ भव्यताको साथ् मनाउने

याम्बु – तामाङ समुदायको सांस्कृतिक राष्ट्रिय पर्व मञ्जुश्री संम्वत २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा “संसार भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं हाम्रो भाषा,धर्म,र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा आगामी २०२० जनवरी २५ तारिख आइतबारको दिन क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा सोनाम ल्होछार विशेष साँस्कृतिक २०७६ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सन् २००५ स्थापना भएको तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ मलेसिया एकीकृत भए पश्चात पहिलोपटक तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमको लागि नेपालबाट राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडेल/डान्सर निरञ्जली थोकर तामाङ आउनु हुने भएको छ । साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने घेदुङ मलेसियाले जानकारी दिएको छ । मनोरञ्जन गर्दै मनाउने भएको छ।
कार्यक्रममा मलेसिया भरि छरिएर रहनुभएका तामाङ तथा गैरतामाङ समुदायहरुलाई लक्षित गरी टिकट बिना नै कार्यक्रम स्थलमा प्रवेश गराउने नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबा तामाङले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।