इजरायलमा माघ्या सकराटी २०७६ मनाउने तयारी ,गायक टंक बुढाथोकी र मनोज थापा मगर आउने

तेलअविव – नेपालीहरुको राष्ट्रिय चाड “माघ्या सकराटि”को पाबन अबसरमा नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी साङ्गितिक साँझ २०७६ ” कार्यक्रम गर्ने भएको छ । आउदो 17 जनवरी 2020 शुक्रबारको दिन तेलअभिब स्थित हगाना बेईत बरबुर स्ट्रिट 135 मा रहेको हलमा कार्यक्रम गर्ने भएको छ ।
नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु गायक टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको साथमा धमाकेदार प्रस्तुतिहरु सहित “माघ्या सकराटी साङ्गितिक साँझ २०७६ “हुन गईरहेको हुँदा इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि नेपाल मगर संघ शाखा इजरायलले सादर निमन्त्रणा गरेको छ ।
”जीवन रहुन्जेल नै हो रमाईलो गर्ने” तसर्थ यो सुनौलो अबसरबाट कोहि पनि नछुटनको लागी आव्हान गर्दै समयमै टिकट बुक गरि आफ्नो सिट सुरक्षित अनुरोध समेत गरेको छ ।
तेलअभिव पार्कबाट कार्यक्रम स्थलसम्म जानको लागि निशुल्क यातायातको ब्यबस्था राखेको आयोजकले जनाएको छ ।
गायक टंक बुढाथोकी
मनोज थापा मगर