हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सिड्नीमा नेपाली युवा सन्तोष गौतमको हत्या, श्रीमती पक्राउ

याम्बु – अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ। ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी श्रीमती नुमा (नाम परिवर्तन)लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ।

घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि प्रहरीलाई तीन शुन्यमा फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो।घटनामा सामान्य घाइते भएकी नुमालाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो। आगामी बिहीबार नोभेम्बर २८ तारिख उनको मुद्दाको अर्को सुनुवाइ पारामाटाको स्थानीय अदालतमा हुने भएको छ।

सन्तोष स्थानीय क्रिकेट क्लबबाट क्रिकेट खेल्ने गर्दथे। सन्तोषको परिवार र अर्को एक जोडी केही समयदेखि सो घरमा बस्दै आएका थिए ।

उनले सिड्नीको टेफ कलेजबाट अटोमोटिभ विषयमा पढाइ सकेपछि वर्कशप चलाएका थिए।नेपाली क्रिकेटका अगुवा अजय क्षेत्रीले वेस्ट युनाइटेड क्लबवाट प्रारम्भिक ब्याट्सम्यानका रूपमा क्रिकेट खेल्ने सन्तोष मिलनसार भएको बताए |

प्रहरीले घट्नास्थल ब्ल्याकसेल सडक खन्डलाई नै बन्द गरेर केही घन्टासम्म छानबिन र प्रमाण संकलन गर्ने काम गरेको थियो। आइतबारसम्म पनि प्रहरीले घटनास्थललाई नियन्त्रणमा राखेको छ। अनुसन्धान भइरहेकाले वास्तविकता बाहिर आउन केही दिन लाग्नेछ @ सेतोपाती ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution