देव अवतरण दिवसको सम्क्षिप्त परिचय

आज भन्दा २५/२६ सय वर्ष अगाडी नेपालको लुम्बिनीमा जन्मनु भएको शिद्धार्थ गौतमले २९ वर्ष को उमेरमा गृह त्याग गरी ६ वर्ष सम्म कठोर तपस्या गर्नुभए पश्चात ३५ वर्ष को उमेरमा भारतको विहार स्थित बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्त गर्नुभई ४९ दिन पछि पहिलो पटक सारनाथमा पंच बर्गीय भिक्छ्यु लगायत हजारौ चेलाहरुलाई चार आर्य सत्य यानी १} दु:ख सत्य २} समुदय सत्य ३} निरोध सत्य र ४ } मार्ग सत्यको बारेमा धर्मदेशना गर्नु भएको थियो| यो धर्म देशना महायानी चन्द्र पात्रो अर्थात ग्याल्पो लोसारमा आधारित पात्रो अनुरुप དྲུག་པ་ཚེས་བཞི {ढुग प छे श्यी } छैटौ महिना को चौथो तिथिको दिनमा पर्दछ |
जसलाई हामी ཆོས་འཁོར་དུས་ཆེན (छयोइखोर धुइ क्षेन) अर्थात धर्म चक्र प्रबर्दन दिवस भनेर महत्व पूर्ण तिथिको रुपमा मनाउछौ| यो चार महा तिथि དུས་ཆེན་ཆེན་པོ་བཞི ( धुइ क्षेन क्षेन पो श्यी) अन्तर्गतको दोश्रो महत्व पूर्ण तिथि हो| पहिलो धर्मदेशना भए लगतै आफुलाई जन्म दिनुभइ सात दिनमै परलोक हुनुभएको करुणामय माता महा मायादेविको जन्म कहाँ हुनुभएको होला भन्ने बारे आफ्नो दिब्य ज्ञानद्वारा दृष्टी गर्नुहुदा वहाको जन्म སུམ་ཅུ་རྩ་གསུམ {सुम च्यु च सुम } अर्थात तेत्तिस कोटी देव लोकमा जन्मिनु भएको बोध भयो र पहिलो धर्मदेशना पश्चात अर्थात छैटौ महिनाको २२ सौ तिथिको दिन देव लोक प्रस्थान गर्नु भयो र करिब ३ महिना सम्म बर्ष बास {यारने} དབྱར་གནས། summer retreat को साधनामा बस्नु भइ आफ्नो माता माया देवी र अन्य सम्पूर्ण देव गणहरु लाई धर्म देशनाको माध्यम द्वारा सत्य र मुक्तिको मार्ग दर्शन दिनु भएको थियो |
त्यस पछि चेलाहरूको आव्हानमा मानब लगायत सर्व प्राणी हित्तार्थ यो पृथिवी लोकमा माथि उल्लेखित पात्रो अनुरुप नवौ महिना को २२ सौ तिथिका दिन देव लोकबाट अवतरण गर्नु भएको थियो| यसै दिनलाई हामी देव अवतरण दिवस अर्थात ल्ह: भब धुइ क्षेन भनेर हरेक बर्ष मनाउने चलन छ| यो दिनमा गुम्बा र चैत्य हरुमा हजारौको संख्यामा बत्ती (छ्योइ मे:) हरु बालेर विभिन्न पूजा पाठ र गुरुहरु बाट उपासक उपासिका हरुलाई धर्म देशना दिनुभई विभिन्न धार्मिक गतिबिधिका साथ भब्य रुपमा मानिन्छ र साथै अरु दिनमा गरिने धर्म अनि प्राप्त हुने पुण्यको तुलनामा यो दिनमा हजारौ गुना बढी प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता र विश्वास रहेको छ|
यो तिथिमा अरु तिथिहरुको तुलनामा भगवान बुद्धलाई स्वागत स्वरुप धेरै द्धिपहरु प्रजलन गरेर मान्ने भएकोले यो तिथिलाई बौद्ध धर्मालम्बीहरुले दिपावली अर्थात light festival को रुपमा मनाउना सकिन्छ| हामीले मान्ने चार महा तिथिहरू क्रमबद्ध यस प्रकार छन|
१} सागा दावा अर्थात चौथो महिनाको १५ औ तिथि पुर्णेमाको दिन जसलाई बुद्ध पूर्नेमा पनि भनिन्छ जुन दिन बुद्ध जन्मेको, ज्ञान प्राप्त भएको र महा परिनिर्वान प्राप्त गर्नुभएको बिशेष तिथिको रुपमा मानिन्छ|यो हाम्रो पात्रो अनुसार चौथो महिनाको १५ औ तिथि पुर्णेमाको दिन पर्छ | सागा भन्नाले बैशाख भन्ने बुझिन्छ तर बिक्रम सम्बतको महिना गणना अनुसारको बैशाख महिनामा चाही पर्दैन एक महिना पछि पर्न जान्छ| सुर्य पात्रो र चन्द्र पात्रोको दिन गणना फरक भएको कारणले अगाडी पछाडी हुन गएको हो तर दुवै पात्रो परम्परा अनुसार आ-आफ्नो ठाउमा ठिक छ जसले सुर्य पात्रोलाई आधार मानेर बिक्रम सम्बतको पहिलो महिनाको बैशाख पुर्णेलाई नै बुद्ध जयन्ती मान्दै आइरहेको छ त्यो पात्रो परम्परा अनुसार त्यही ठिक छ र जसले चन्द्र पात्रो लाई आधार मानेर त्यही पात्रोले निर्धारण गरेको चौथो महिना अर्थात सागा दावा लाई पनि बुद्ध जयन्ती भनेर मनाउदै आई रहेका छन| एउटा पात्रो लाई आधार मानेर अर्को पात्रो त्यो अनुरुप भएन भनेर गलत हो भन्न मिल्दैन |
२} छ्योई खोर धुइ क्षेन अर्थात धर्म चक्र प्रबर्दन दिबस जुन छैटौ महिनाको चौथो तिथिमा पर्दछ| ३} ल्ह: भब धुइ क्षेन अर्थात देव अवतरण दिबस नवौ महिनाको २२ सौ तिथिमा पर्दछ| ४ } छयो ठुल धुइ क्षेन अर्थात ऋद्धि प्रतिहार्य दिबस गरी यी चार ओटा तिथि हरुलाई महा तिथिको रुपमा मानिन्छ |
छयो ठुल धुइ क्षेन अर्थात ऋद्धि प्रतिहार्य दिबस ग्याल्पो लोसारमा आधारित पात्रो अनुरुप पहिलो महिना छयु दावा को १५ औ तिथि पुर्णेमाको दिन पर्दछ| भगवान बुद्ध र ६ तैर्थिक शास्ता हरु बीच शक्ति प्रदर्शन भएको थियो र यो प्रदर्शन छयु दावा को पहिलो तिथि अर्थात लोसार को दिनदेखि सुरु भएर १५ औ दिन सम्म प्रतिस्पर्दा भएको थियो| १५ औ दिन पछि अर्थात पुर्णेमा को दिन भगवान बुद्धले ६ तैर्थिक हरु माथि विजय प्राप्त गर्नु भएको थियो र यसैलाई छयो ठुल धुइ क्षेन भनिएको हो |
तामाङ खेन रिन्पोक्षे
तामाङ बौद्ध महासंघ नेपाल.. !!