तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिकउत्सव भव्यताको साथ सम्पन्न, व्हाइखाको नतिजा सार्वजनिक

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिक उत्सव तथा प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 कार्यक्रम तेलअविव इजरायलमा भव्यताको साथ् सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अनिला मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायल अध्यक्ष तारा काउच मगर ,बिशेष अथितीहरुमा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली आधिकारी,धार्मिक बिभाग प्रमुख लामा धर्मगुरु थुप्तेन योन्जन तामाङ,संस्थापक अध्यक्ष उर्मिला पाख्रीन लामा तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी बी लामा तामाङ,प्रमुख संरक्षक कल्पना मोक्तान तामाङ,शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह लामा तामाङ,नेपाली समाज इजरायलका उपाध्यक्ष कुमार पौडेल , नेपाली जनसम्पर्क समिति इजरायल सभापति खगेश्वर अधिकारी रहेका थिए । यसैगरी अतिथिहरुमा राष्ट्रिय जनजाती संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ,सामाजिक , धार्मिक संघसंस्थाका अध्यक्षहरु र मिडियाकर्मीहरु रहेका थिए ।
लामा धर्मगुरु थुप्तेन योन्जन तामाङबाट पुजापाठ गरी कार्यक्रमको सुरु गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै संस्थाकी उपाध्यक्ष एलिजा दोङ तामाङले स्वागत मन्तव्य राखेकी थिईन् भने स्वागत गीत ‘डेन्मुला डेन्मुला ….. सांस्कृतिक बिभाग प्रमुख सारा लामा तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको बारेमा संयोजक एवं वरिष्ठ उपाध्यक्ष सीता कुमारी घिसिङ तामाङले प्रकाश परेका थिए ।
संस्थाको पाँचौं वार्षिक उत्सवको पावान अवसरमा केक काटेर हर्षउल्लास गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष गिता घिसिङ तामाङ र प्रतिवेदन संस्थाकी महासचिव पेमा लामा पाख्रीन तामाङले वाचन गरी प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली आधिकारी,संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी बी लामा तामाङ,शैक्षिक विभाग सुन्दर सिंह लामा तामाङ,नेपाली समाज इजरायलका उपाध्याक्ष कुमार पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामान मन्तव्य राख्नु हुदै प्रमुख अतिथि तारा काउचा मगरले आदिवासी जनजातीहरुको भाषा साहित्य प्रति नेपाल सरकारको ध्यान नगएको अवस्थामा नेपाल तामाङ घेदुङ इजरायलले प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 आयोजन गरी तामाङ भाषा र साहित्यको बिकासको लागि टेवा पुर्याएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको पाँचौं वार्षिक उत्सवमा आयोजित ‘प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 ‘का संयोजक एवं भाषा साहित्य बिभाग प्रमुख नानीमाया योञ्जन तामाङले बिजेताको नतिजा घोषणा गरेकी थिईन् ।
व्हाईखा प्रतियोगितामा उत्कृष्ट स्थान प्रथममा रुपक “जमरा” घलान तामाङ – मरिण गाउँपालिका सिन्धुली ,द्धितीय मनिक तामाङ -तेमाल ५,ग्योइखार काभ्रे, तृतीय फुलकुमार बम्जन तामाङ -सिन्धुली कमलामाई नगरपालिका २ खोल्मा गाङ (हाल याम्बु अनामनगर) र चौथो युबराज लामा योन्जन तामाङ – रामेछाप दोरम्बा ५ , गोगनपानी ( हाल कतार ) भएका थिए ।
व्हाईखा प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुको ‘व्हाईखा’ नेपाल तामाङ घेदुङ केन्द्रका भाषा ,लिपि,साहित्य तथा प्रशिक्षण विभागलाई उत्कृष्ट छनौटको लागि पठाएकोमा अमरध्वज लामा बलको संयोजक ,बिना थिङ र राजु स्याङतान सदस्य रहेको गठित समितिले शिर्ष पंक्ति ,विचार ,शव्द चयन र मौलिकताको आधारमा बिजयी छनोट गरी पठाएको भएको नतिजा घोषणा गरिएको नानीमाया योञ्जन तामाङले जानकारी दिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रथम ,द्धितिय ,तृतीय र चौथो व्हाइखा वाचन गरी प्रस्तुत गरेका थिए । बिजयी प्रतियोगिताहरुलाई यहि आउँदो मङ्सिर ८ नेपाल तामाङ घेदुङ केन्द्र संघीय सचिवालयको कार्यालयमा एक कार्यक्रमको आयोजन गरि नगद पुरुस्कार तथा सम्मान पत्र प्रदान गर्ने जानकारी दिएको छ ।
कार्यक्रमको अन्तमा पाँचौं वार्षिक उत्सवको पावान अवसरमा शुभकामना व्यक्त गर्नु हुदै प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 मा बिजयीहरुलाई बधाईको साथमा सहभागीलाई धन्यवाद व्यक्त गरेकी थिईन् । साथै कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन् ।
कार्यक्रम महासचिव पेमा लामा पाख्रिन तामाङले कुशलतापुर्वक संचालन गरेकी थिईन् ।