हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नयाँ मन्त्रीपरिषद केहि दिनमै, मुख्यमन्त्री पनि हेरफेर हुने ,विष्णु पौडेल अर्थमन्त्री

याम्बु –  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदमा ठूलै हेरफेर गर्ने गरी नयाँ मन्त्रीहरूको सूची तयार गरेका छन्।सबै मन्त्रीहरूलाई राजिनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा जसलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजिनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीले अफ्ना सहयात्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सोमबार साँझसम्म नौ जना मन्त्री हटाउने सूचीमा राखेका छन् भने आकांक्षीहरूको संख्या ठूलो भएपनि नयाँ थपिने मन्त्रीहरूको सूची पनि तयार गरिसकेका छन्।

ओलीले नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार बनेको करिब एक वर्ष नौ महिनापछि मन्त्रीपरिषदमा ठूलो हेरफेर गर्न लागेका हुन्।

सोमबार बिहान आयोजना गरिएको नेकपाको सचिवालय बैठकबाट निर्णय गराएर तत्कालै मन्त्रीपरिषद हेरफेर गरिने चर्चा व्यापक भएपनि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका कारण ओलीले यसलाई केही दिन पर धकेलेका हुन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद चार दिने नेपाल भ्रमणका क्रममा मंगलबार ढाकाबाट काठमाडौं आउँदै छन्।

समाजवादी पार्टीका उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेकाले प्रधानमन्त्रीले उनको निर्णय पनि पर्खेका छन्। कात्तिक ३० गते समाजवादी सरकारबाट बाहिरिने सूचना आएकाले त्यो अवस्थालाई पनि हेरेर मन्त्री परिषद हेरफेर गर्ने तयारी छ।

‘केही दिनमा वा यो साताभित्रै मन्त्रीपरिषद हेरफेर हुँदैछ, हटाउने र ल्याउने मन्त्रीहरूको सूची तयार भैसकेको छ’, एक जना प्रभावशाली मन्त्रीले भने, ‘संभवतः यसपटक नौ जना मन्त्री बाहिरिने छन्, र करिब त्यत्तिनै संख्यामा नयाँ थपिने छन्।’

प्रधानमन्त्री ओलीले तयार गरेको सूची अनुसार यी दश जना मन्त्रीहरू बिदा हुँदैछन्–

उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ।

बिदा हुन लागेका दशमध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने बाँकी सात जना पूर्वएमालेबाट।

वर्तमान मन्त्री परिषदका दश मन्त्री बिदा गरेर आठ जनालाई यथावत राख्ने अन्तिम तयारी प्रधत्रानमन्त्री ओलीले गरेका छन्। यद्यपी तीमध्ये केहीको मन्त्रालय हेरफेर हुन सक्नेछ।

प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन्। त्यस्तै पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतले निरन्तरता पाउने नेकपाका उच्च स्रोतहरूले पुष्टी गरेका छन्।

मन्त्री परिषद हेरफेर गर्न अझै केही दिन लाग्ने हुँदा यो सूचीमा केही फेरबदल हुन सक्नेछ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यहरूलाई राजिनामा दिन लगाएकै शैलीमा सबै मन्त्रीको राजिनामा मागे भने उनले पुनः ल्याउन चाहेपनि केहीले मन्त्री नबन्ने संकेत दिएका छन्।

निरन्तरता पाउने सूचीमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीले सबै मन्त्रीको राजिनामा माग्नुभन्दा जो जो मन्त्रीको कार्यसम्पादन चित्त नबुझेको हो उनीहरूको मात्र माग्नु पर्ने तर्क गरेका छन्। सबैको राजिनामा गराएर फेरि ल्याउँदा राम्रो काम गरेका मन्त्रीहरूको सम्मान नहुने र उनीहरूले सहज महशुस नगर्ने मत रहेको छ।

विष्णु पौडेल बन्दैछन् अर्थमन्त्री

प्रधानमन्त्री ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई हटाएपछि आफ्ना एक जना विश्वासपात्र पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मा दिने तयारी गरेका छन्।

ओलीको पहिलो कार्यकालमा पौडेलले सफल अर्थमन्त्रीका रुपमा चर्चा पाएका थिए। अर्थतन्त्रका विज्ञ भएपनि खतिवडालाई सुरुमा अर्थमन्त्री बनाएकोमा पार्टीभित्र ओलीको निकै आलोचना भएको थियो।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेल्ने केही नेतामध्ये विष्णु पौडेल एक हुन्, जसले एकतापछि बनेको नेकपाको महासचिव र शक्तिशाली नौ सदस्यीय सचिवालय सदस्यको महत्वपूर्ण जिम्मेवारी पाएका थिए। ओलीले विश्वास गर्ने केही नेतामध्येका पौडेलले एकतापछि अध्यक्ष दाहालसँग पनि निकटता कायम गरेका छन्।

त्यस्तै ओलीले नेकपाका अर्का प्रभावशाली नेता घनश्याम भुसाललाई पनि मन्त्री परिषदमा आउन प्रस्ताव गरेका छन्। भुसाल सुरुदेखि नै पार्टीभित्रबाट ओली सरकारका एक जना प्रखर आलोचक पनि हुन्, जसले केही महिनाअघि बालुवाटारमा उनीसँग लामो वार्ता गरेका थिए।

भुसाललाई मन्त्री बनाउँदा सार्वजनिक रुपमा सरकारको पक्षमा महोल बन्ने र पार्टीमा आफ्ना प्रतिद्वन्द्वी माधव नेपाल पक्ष पनि केही शान्त हुने ओलीको आँकलन छ।

नयाँ मन्त्रीको सूचीमा रहेको अर्को नाम हो, सुरेन्द्र पाण्डे, जो यसअघि अर्थमन्त्री रहिसकेका छन्। यसपाली पनि अर्थमन्त्रीका आकांक्षी पाण्डेलाई अर्को कुनै महत्वपूर्ण मन्त्रालय दिने तयारी छ।

त्यस्तै सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन्। शिवमायालाई उपसभामुखबाट राजिनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ।

पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन्। सापकोटा सभामुखका आकांक्षी भएपनि उनलाई मन्त्री नै बनाउने तयारी भएको बुझिएको छ।

मुख्यमन्त्री पनि हेरफेर

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले मन्त्री परिषदपछि केही मुख्यमन्त्री पनि हेरफेर गर्ने तयारी गरेका छन्। सातमध्ये अहिले ६ वटा प्रदेशमा नेकपाका मुख्यमन्त्री छन्।

खासगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं फर्कन चाहेका छन्। र, प्रधानमन्त्री ओली उनलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारीमा छन्।

पोखरेलले पनि अर्थमन्त्री हुने इच्छा देखाएका छन् तर प्रधानमन्त्री ओली भने विष्णु पौडेललाई अर्थमन्त्री बनाएर पोखरेललाई अर्को कुनै महत्वपूर्ण मन्त्रालय वा प्रमुख राजनीतिक सल्लाहकारको जिम्मा दिने तयारीमा छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद नरहेको अवस्थामा उनको निर्वाचन क्षेत्र दाङबाट चुनाव जिताउने गरी पोखरेललाई अहिले नै मन्त्री बनाउने एउटा विकल्प पनि हेरिँदै छ।

पहिलो चरणमा प्रमुख सल्लाहकार रहेका विष्णु रिमाललाई भने ओलीले राजदूत वा मन्त्री बनाउने आश्वासन दिएका छन्।

प्रदेश ५ बाट शंकर पोखरेलले राजिनामा दिएको अवस्थामा पूर्वमाओवादीबाट मुख्यमन्त्री बनाउने तयारी छ। त्यस्तो अवस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजिनामा गर्न लगाएर पूर्वएमालेका यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ।

राम्रो कार्यसम्पादन नगर्ने मुख्यमन्त्रीहरूको सूचीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि पर्छन्। तर यी दुवै मुख्यमन्त्रीले राष्ट्रपतिको साथ पाएको चर्चा नेकपाभित्र व्याप्त रहेको समाचार नेपालखबरमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution