हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

जापानले नेपाली कृषि कामदार पनि लैजाने

नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो ।

भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गर्नुभएको थियो ।

भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताउनुभएको थियो । नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने बताउनुभयो । उहाँले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution