हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेकपाका सचिवालय बैठकबाट आयोगलाई पूर्णता, प्रवास संगठन नबनाउने

याम्बु  – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका आयोगको नेतृत्वलाई पूर्णता दिएको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सांगठनिक एकीकरणका सन्दर्भमा बाँकी रहेका कामहरूमध्ये सोमवारको बैठकले आयोगको नेतृत्व टुंगो लगाएको जानकारी दिए ।

अनुशासन आयोगकको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकायालाई चुनिएको छ भने केन्द्रीय निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ र माधव पौडेल रहने छन् ।

प्रवक्ता श्रेष्ठले लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यको नाम टुंगो लगाएको बताए । केन्द्रीय सल्लाहकार आयोगमा क्रमशः केशव बडाल र नन्दकुमार थापा रहनेछन् भने ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईं र गोविन्द ज्ञवाली रहनेछन् ।

प्रवक्ता श्रेष्ठले प्रवास संगठन बनाउने पार्टीको नीति नरहेको बताए तर प्रवासमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको उनको दाबी छ ।

प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे सचिवालय बैठकमा कुनै छलफल नभएको बताए । ‘प्रधानमन्त्रीले पार्टीमा प्रस्ताव ल्याउनुभएको छैन,’ उनले भने, ‘ल्याएपछि त्यहीअनुसार छलफल हुन्छ ।’

सीमा विवादलाई नेकपाले गम्भीरतापूर्वक लिएको भन्दै प्रवक्ता श्रेष्ठले सरकारले आफ्नो अडान प्रष्ट पारिसकेको बताए । ‘सरकारले भारतसँग वार्ताका निम्ति प्रस्ताव तयार पार्ने काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘यस विषयमा हाम्रो छलफल भएको छ । प्रधानमन्त्रीले पार्टीलाई पनि जानकारी गराइसक्नुभएको छ । त्यही अनुसार अघि बढिन्छ @ लोकान्तर ।

कात्तिक २५, २०७६






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution