हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

भारतलाई गलत नक्सा सच्याउन आदिवासी जनजाति महासंघकाे माग

याम्बु -भारतले हालै सार्वजनिक गरेकाे आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएकाे प्रति नेपाल आदिवासी जनजाति महासंघले सचिन्नका लागि अनुराेध गरेकाे छ । भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त नक्सा तुरून्त खारेजीकाे माग गरेकाे छ ।

सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार रहेकाे र कसैप्रति पनि आफ्नाे स्वभिमान नझुक्ने जनाएकाे छ । महासंघका अध्यक्ष जगत बरामकाे हस्ताक्षरीत विज्ञप्तीमा नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघ घोर भ्रत्र्सना रहेकाे जनाएकाे छ ।

वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । महासंघका अध्यक्ष जगत बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो ।

भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ, यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

नेपाल आदिवासी जनजाति महासंघले जारी गरेकाे विज्ञप्ती जस्ताकाे तस्तै ः

मितिः २०७६ कार्तिक २१

प्रेस वक्तव्य

नेपाल आदिवासी जनजाति महासंघ, सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार थियो, छ र रहनेछ । यसर्थ भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भौगोलिक रुपमा उत्तर हिमालसँग जोडिएका र तराईको सीमाना रक्षाको लागि नेपाली आदिवासीहरु कसैसँग झुकेन र जान्दैन पनि । वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो । आदिवासी आन्दोलन आफ्नो सबैखाले अधिकार प्राप्तिसँगै नेपाली माटोको रक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढेर गोर्खालीको शान देखाएरै छाड्ने कुरामा प्रतिवद्ध छ ।

नेपालका आदिवासी जनजातिहरुले अधिकार प्राप्तिको जस्तोसुकै आन्दोलनमा पनि आफूलाई बेग्लै पहिचानसहित सडक संघर्षमा छ । आफ्नो भाषा, धर्म, संस्कृति, पहिचान र प्रतिनिधित्वको लागि संघर्ष गर्दैगर्दा फेरि राष्ट्रियताको जगेर्ना गर्न अर्को आन्दोलन गर्नुपर्ने परिस्थितिमा छ ।

त्यसैले राष्ट्रियताको सवाल र सिंगो नेपालको सबलिकरणको लागि नेपाल सरकार असफल भएको छ । नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघ घोर भ्रत्र्सना गर्दछ ।

साथै भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ र यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

जगतबहादुर बराम

अध्यक्ष






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution