हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले भने- मैत्रीपूर्ण ढंगले नेपालको भूभाग फिर्ता लिन्छौं

याम्बु  । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन् ।

बैठकमा सहभागी दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन् ।

‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ ’ प्रधानमन्त्री ओलीले भने,“सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सीमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । ’

‘हामी समग्र दक्षिण एसियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ । ’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए । ‘हिजोका भाषा र शैली स्वीकार्य छैनन् र आज सहनुपर्ने आवश्यकता पनि छैन ’ प्रधानमन्त्री ओलीले भने, ’ अब समग्र पक्षको छलफल गरिन्छ । यस विषयमा सरकार संवदेनशील छ । ’

प्रधानमन्त्री ओलीले हालको सीमा विवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिए । ‘उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ ’ प्रधानमन्त्री ओलीले भने, ‘भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्याँक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution