हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका सबैले दिए राजीनामा

याम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन्।

‘हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले एक-दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।’

केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने ती सदस्यले बताए।

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो। यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयमा रहेकालाई राजीनामा दिन भनेका थिए।

कतिपय मिडियामा प्रधानमन्त्रीको सल्लाहकारसहितको टिमले राजीनामा दिएको समाचार आए पनि प्रधानमन्त्रीका सल्लाहकारहरूले भने आफूले राजीनामा नदिएको बताए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले भने- मैले राजीनामा दिएको छैन। प्रधानमन्त्रीले पनि मसँग माग्नुभएको छैन। अरूको राजीनामाबारे थाहा छैन।

प्रधानमन्त्रीका अर्का एक सल्लाहकारले पनि आफूले राजीनामा दिएको हल्ला सत्य नभएको बताएको सेतोपाटीमा समाचार छ ।

कात्तिक २३, २०७६






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution