जनसम्पर्क समिति इजरायलले खुल्ला अन्तरक्रिया कार्यक्रम गर्दै

तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलले आउदो डिसेम्बर महिनाको १३ तारिखको दिन तेल अभिव स्थित यशोधामाला ४४ रहेको हलमा खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जनसम्पर्क समिति इजरायलले ‘नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका’ बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
अन्तरक्रिया कार्यक्रमको लागि नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बौद्धिक, गतिशिल, युवाहरुको आदर्शका केन्द्र बिन्दु प्रखर बक्ता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा र नेपाली काङ्ग्रेस धादिङका सभापति बौद्धिक तथा युवा नेता, प्रखर बक्ता, पर्यटन व्यावसायि टानका पुर्व अध्यक्ष रमेश धमलाको बिशिस्ट आतिथ्यतको रुपमा इजरायल आउनु हुने नेपाली जनसम्पर्क समिती इजरायलका महामन्त्री राज छत्कुलीले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ ।
इजरायलमा रहनु हुने पेशाकर्मी, बिद्यार्थी, धार्मिक, राजनीतिक, सामाजिक व्यक्तीत्व र सम्पुर्ण इजरायलबासी दाजुभाइ तथा दिदिबहिनी हरुमा गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले हार्दिक अनुरोध गरेको छ ।
साथै १४ तारिख शनिबारको दिन नेपालबाट आउनु हुने अतिथिको साथमा बेत्लेखेम र डेड सिको भ्रमण पनि आयोजना गरेको हुँदा भ्रमण जान इच्छुकहरुले समयमा नै सम्पर्क गरेर आफ्नो सिट सुरक्षीत गर्न हुन समेत अनुरोध गरेको छ ।
थप जानकारीको लागि सम्पर्क
खगेस्वर अधिकारी : 0542859476
दिपिका भुषाल : 0556698305
देबि खरेल पान्डे : 0549023020
नितु कार्की : 0539327839
सुर्य बहादुर राना : 0532358829
अनु थापा : 0559238706
इन्दिरा सुवेदी अधिकारि : 0546385292
भक्ती सापकोटा : 0584497788
डम्बर गुरुङ : 0584871863
कृष्ण ढकाल : 0539432506