हेडलाईन

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै         तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको तेश्रो अधिबेसनबाट अध्यक्षमा धनराज तामाङ चयन         ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो         नेफिन इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा हुदै         तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण         प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधनका बहाना गर्दै पढे सरकारकाे नीति तथा कार्यक्रम         तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ         अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न         अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने         एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन         मध्यरातमा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव         ११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम         नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने         घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन        

याम्बुमा तामाङ समाज यूएईले शैक्षिक सहयोग, छात्रवृत्ति र सम्मान कार्यक्रम सम्पन्न 

याम्बु – तामाङ समाज यूएईको बिधालय शैक्षिक सहयोग हस्तान्तरण, छात्रवृत्ति बितरण तथा Top Talent Encouragement Award – 2019 कार्यक्रम हिजो सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङको संघिय कार्यलयमा हिजो आयोजित कार्यक्रममा यस बर्षको बिधालय शैक्षिक सहयोग काभ्रे रोशी गाउँपालिका -९ पिन्थली स्थित महाकाली देवी कर्मोद्वय प्रा. बि. लाई एक लाख एघार हजार एक सय एघार (१११,१११/-) रुपैयाँ हस्तान्तरण गरेको थियो ।

यसैगरी गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप काभ्रेकै चौरी देउराली गा. पा. -७ को सिर्जनशील जनता उ. मा. बि मा कक्षा १२ मा अध्ययनरत छात्र बिकास लामा र रामेछाप सुनापाती गाउँपालिका -३ को श्री पशुपति मा. बि. मा कक्षा १२ मै अध्ययनरत छात्रा देउ माया थीङ लाई जनही पन्ध्र हजार (१५,०००/-) रुपैयाँ हस्तान्तरण गरियो ।

प्रतिनिधि सभा सदस्य बहादुर सिं लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तामाङ समुदायको एक उत्कृष्ट ब्यक्तित्वको रुपमा पहिचान गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तामाङ समुदायको एक प्रतिभावान युवाको रुपमा पहिचान गर्दै डा. भावना तामाङ लाई Top Talent Encouragement Award – 2019 द्वारा सम्मानित गरिनुका साथै तामाङ समाज यूएईका भुतपुर्ब उपाध्यक्ष कमल लामा तामाङ, ब्यबस्थापन प्रमुख नेत्र कुमार लामा र फोनिज यूएईका अध्यक्ष अनिस दोङलाई यूएई बसाईको क्रममा समाजलाई दिइएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा भर्खरै मात्र निर्बाचित नेपाल तामाङ कलाकार सघंको नया कार्यसमिति र गायिका निर्मला घिसिङलाई बधाइ तथा शुभकामना पत्र प्रदान गरेको थियो । सोही अवसरमा तामाङ समाज यूएईले आयोजना गर्ने “सोनाम ल्होछार २८५६ – जिवा ल्हो, सेलो बिशेष ल्होछार साँझ – २०२०” कार्यक्रमको लागि चर्चित गायिका इन्दिरा गोले र बिशेष अतिथिको लागि कुलमान घिसिङलाई औपचारिक निमन्त्रणा पत्र समेत हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा किस्पाङ गाउँपालिका नुवाकोटका प्रमुख तथा तामाङ समाज यूएईका सस्थापक अध्यक्ष छत्र लामा, अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामा, घेदुङका महासचिब बाबू घिसिङ, कलाकार संघका अध्यक्ष संजीव वाईबा, तामाङ डाजाङका अध्यक्ष फुल कुमार बोम्जन लगायत विभिन्न सघं सस्थाका प्रतिनिधि, कलाकारहरु, तथा सञ्चारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम तामाङ समाज यूएईको केन्द्रिय सचिब डिल्लीराम तामाङले संचालन गरेको थियो।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रिय नेवा: खल: इजरायलको दशौँ अधिबेशनबाट अध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन

तेलअविव - राष्ट्रिय नेवा: खल: ईजरायलरको दशौँ अधिबेशन  जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न भएको छ | निवर्तमान अध्यक्ष... बाँकी यता

tamang online / June 11, 2021

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution