इजरायलमा याक्थुङ (लिम्बू) समुदायको मौलिक पर्व चासोक तङ्नाम भव्यताको साथ मनाउने
तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले आदिवासी याक्थुङ (लिम्बू) सामुदायको मौलिक पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) १३ डिसेम्बर २०१९ (शुक्रबार) साँझ तेलअभिव स्थित हगना स्ट्रिट १३५ मा रहेको हलमा भव्यताको साथ मनाउने भएको छ ।
कार्यक्रमको लागि नेपालबाट राष्ट्रिय कलाकारहरु गायिका सुनिता थेगिम लिम्बु र गायक सुगम पोख्रेल आउनु हुने भएको छ ।
हामी याक्थुङ (लिम्बू), हाम्रो गर्भको भाषा हामी हौ , हाम्रो पहिचान र हामीलाई चिनाउने हामीलाई हामी बनाउने यहि भेष भुषा,भाषा र धर्म, संस्कार संस्कृति नै हो, यसैको आधारमा हामी हाम्रो परिचय दिन्छौ , त्यसैले यो लोप हुनु पुर्व यसको संरक्षण गर्नु वा पुस्तान्तरण गर्नु नै हाम्रो अस्तित्व बचाउनु हो , यसै सन्दर्भमा मौलिक पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) मनाउन लागेको जानकारी किराँत याक्थुङ चुम्लुङ इजरायलले दिएको छ ।
कार्यक्रममा इजरायलबासी नेपाली तथा नेपालीभाषी दाजुभाई दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निम्ति संस्था द्वारा हार्दिक निमन्त्रणा गरेको छ ।
साथै मिति र समयमा कुनै पनि संघसंस्था तथा संगठनहरुले कार्यक्रम नजुधाई सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतालाई बचाउन सहयोग गरिदिनु हुना हार्दिक अनुरोध गरेको छ ।