तामाङ समाज बेल्जियमको अध्यक्षमा राम लामा तामाङ पुन: निर्वाचित
याम्बु -तामाङ समाज बेल्जियमको चौथो अधिबेशनबाट अध्यक्षमा राम लामा तामाङ निर्वाचित हुनु भएको छ । वहाँ दोस्रो कार्यकालको लागि सर्वसम्मत पुन अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
चौथो अधिबेशनबाट निर्वाचित नव कार्यसमितिमा अध्यक्ष राम लामा तामाङ , उपाध्यक्ष तिलक बल तामाङ,उपाध्यक्ष ज्योति घिसिङ तामाङ,महासचिव चन्द्र ब्लोन तामाङ, सचिव असली घिसिङ तामाङ र कोषाध्यक्षमा लालीङ तामाङ निर्वाचित हुनु भएका छन् ।
यसैगरी कार्यकारी सदस्यहरुमा आशा थोकर तामाङ, लाल तामाङ,शान्त गोले तामाङ,सबल लामा तामाङ, चिनीमायां तामाङ ,महिन्दो वाईबा
तामाङ र आर्यन तामाङ रहेका छन् ।
तामाङ समाज बेल्जियमको यस बर्षको तामाङ ल्होछार अगामी जनवरी 25 तारिख शनिबार ब्रुसेल्समा भब्यताको साथ मनाउने भएको छ ।