हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेवारहरूको सांस्कृतिक चाड म्ह:पूजामा कविता लेखे महाकविले

म्ह पूजा नेवार सभ्यताको यस्तो पर्व हो, जसमा कुनै देवी-देवताको होइन, मान्छेले आफ्नै पूजा गर्छन्। आफ्नै नाममा मण्डप बनाउँछन्, आफ्नै लागि बत्ती बाल्छन्। आफ्नै शरीरमा फूल बर्साउँछन्।

mha puja

यो पूजाको मर्म नबुझ्नेहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता पढ्न सुझाउँछन्, संस्कृति अध्येता तथा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ।

उक्त कविताले भन्छ:

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो।
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो।

हाडहरूको सुन्दर खम्बा, मांसपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
नशा नदीका तर-तरंग, मन्दिर आफू अपार

महाकविले यो कवितामा ईश्वरको बास मान्छेको शरीरभित्रै हुन्छ भनी वर्णन गरेका छन्। म्ह पूजाको मुख्य आसय पनि मान्छेको अन्तरआत्माभित्र बसेको ईश्वरको पूजा गर्नु हो। ‘नेवारहरूले सांस्कृतिक रूपले पूजा गरे, महाकविले त्यसैको मर्म वर्णन गर्दै कविता लेखे,’ श्रेष्ठले भने, ‘यसले यो पर्वको व्यापकता बुझाउँछ।’

उनका अनुसार म्ह पूजालाई कुनै जात वा समुदाय विशेषको चाडका रूपमा संकुचित पार्नु हुँदैन। कुनै भगवानलाई पूजा नगरेर मान्छेले आफैंलाई पूजा गर्ने हुँदा यो पर्व जुनसुकै जातजातिले मनाउँदा फरक नपर्ने उनको भनाइ छ।

‘हामीले पाउने जिन्दगी यही एउटा हो, यो जिन्दगीलाई उत्सवका रूपमा किन नमनाउने? म्ह पूजाले हामीलाई जिन्दगीको उत्सव मनाउन सिकाउँछ,’ उनले भने।

मान्छेको शरीर पूजा गरिने भएर यो पर्वलाई ‘स्वपूजा’ वा ‘आत्मपूजा’ पनि भनिन्छ। यो पर्व काठमाडौं सभ्यतामा कहिलेबाट सुरू भयो भन्नेबारे इतिहास तथा संस्कृतिविद्हरूको आ-आफ्नै भनाइ छ।

धेरैले नेपाल सम्बतको पहिलो दिन भएकाले आत्मपूजाको परम्परा सुरू भएको हुनसक्ने अनुमान गर्छन्। तर पुरातत्वविद् साफल्य अमात्यको ‘काठमाडौं नगरायण’ किताबमा म्ह पूजाको उद्गमसँग सम्बन्धित रोचक कथा छ।

उनको कथाले म्ह पूजाको परम्परालाई लिच्छविकाल र तत्कालीन राजधानी हाँडीगाउँसँग जोड्छ।

विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छविहरूका प्राचीन दरबार पनि ध्वस्त भए। मानगृह र कैलाशकूट दरबार त्यही आगोको लप्कामा लपेटिएको अमात्य लेख्छन्। यत्रो ठूलो दुर्घटनामा ज्यान जोगाउन सफल भएकाहरूले खुसियालीमा नयाँ सम्बत् चलाएर म्ह पूजा गर्न थालेको उनको भनाइ छ।

यो आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। त्यहाँका बासिन्दा उपत्यकाभरि यत्रतत्र छरिएर बसोबास गर्न थाले, अमात्य लेख्छन्, ‘विजया दशमीको साँझ असनटोलबाट निस्कने खड्गयात्राका सहभागी नै प्राचीन विशालनगरबाट बसाइँ सरेर आएकाहरू हुन् भन्ने भनाइ छ। केही मानन्धर, मल्ल र ललितपुरका केही परिवार हाँडीगाउँको श्रीमनमानेश्वरी देवीलाई नै आफ्नो कुलदेवी मान्छन्। मनमानेश्वरीलाई कुलदेवी मानेर पूजा गर्नेहरूका पुर्खा प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ।’

केही इतिहासकार भने आगलागीले हाँडीगाउँ ध्वस्त भएको भनाइसँग सहमत छैनन्। बरू लिच्छवि राजखलकभित्रको द्वन्द्वले राजा उदयदेव दरबार छाडेर बाहिरिनुपरेको इतिहास छ। त्यही क्रममा उदयदेवसँग निकट भाइभारदार र उनका समर्थक जनता हाँडीगाउँमा बस्न असहज भएर अन्यत्र बसोबास गर्न थालेका हुन सक्छन्।

संस्कृतिविद् ओभ धौभडेल पनि आगलागीबाट बाँचेकाहरू ठूलो विपत्ति टरेकाले सगुन साट्दै आफ्नै पूजा गर्न थालेको र यही प्रचलन म्ह पूजाका रूपमा चल्दै आएको बताउँछन्।

मानिसको आत्मालाई नै भगवान मानिने हुँदा आत्मा शुद्धि तथा शान्ति प्राप्तिका लागि म्ह पूजा गर्ने चलन चलेको उनको भनाइ छ।

‘मानव जातिले ढुंगाको मूर्ति र फोटोका भगवानलाई मात्र पुज्दै आएका छन्। वास्तवमा आफ्नो मन सन्तुष्ट नभएसम्म भोको बसेर वा ढुंगाको मूर्तिलाई पुजेर मात्र भगवान खुसी हुने होइन,’ धौभडेलले भने, ‘हाम्रो आत्मा सन्तुष्ट राख्न सकेमा नै मनको इच्छा पूरा हुने हो। आत्मा शुद्धीकरणको यस्तो पूजा नेवारले मात्र गर्नुपर्छ भन्ने छैन, जुनसुकै समुदायले गर्न सक्छन्।’

म्ह पूजाका लागि बेलुकीको समय उपयुक्त मानिन्छ। पूजाको आफ्नै विधि हुन्छ। घरका हरेक सदस्यका लागि रातो माटोले भुइँ लिपेर छुट्टाछुट्टै मण्डल बनाइन्छ। यो मण्डल ब्रह्माण्ड आकारको हुन्छ। घरका मूली बस्ने छेउमा थप बाह्रवटा र अन्तिम मण्डल छेउतिर नौवटा गोलो घेरा कोरिन्छ।

घरको मूली बस्ने दिशातर्फ कोरिएको घेरा भगवान गणेशको हो। योसँगै सुकुन्दा बत्ती र लक्ष्मीको स्वरुप मानेर नयाँ कुचो राखिन्छ। अन्तिम मण्डलछेउ बनाइने गोलो घेरा यमदूतहरूको प्रतिनिधित्व गर्छ। यमदूतका लागि कोरिने नौ घेरालाई नौ ग्रह पनि मानिन्छ। यसमा अक्षता र बत्ती मात्र चढाउने चलन छ। यो बत्ती पूजा नसकिएसम्म निभ्न दिइँदैन।

मण्डलहरूमा तेलको घेरा कोरिन्छ। तेलले बनाइएको घेरा सुक्दैन। मानिसको आयु तेलजत्तिकै लामो रहोस् भन्ने कामना गर्दै तेल प्रयोग गरिएको उनले बताए।

‘मण्डल कोर्ने चलनले नेवारहरू भोजमा मात्र नभएर कलामा पनि अघि छन् भनेर देखाएको छ,’ धौभडेलले कलात्मक मण्डलको महत्व बताए।

घरका सदस्यहरू मण्डलको अगाडि बसेपछि घरकी जेठी महिलाले सबैलाई फूलपाती दिन्छिन्। कुम र घुँडामा छुवाउँदै शिरबाट तीनचोटिसम्म फूल बर्साउँछन्। पूजाको समय उसिनेको अन्डा, दही, माछा, भटमास र घरमै बनाइएको रक्सी सगुन दिने चलन छ।

कुनै समय मण्डलहरूमा शिरदेखि पाउसम्म पुग्ने गरी कातिएको बत्ती ‘म्हादु’ बाल्ने गरिन्थ्यो। म्यादुको महत्वबारे धौभडेलले भने, ‘जसको सबैभन्दा लामो समय बल्छ, उसको आयु लामो हुने र छोटो समय मात्र बल्नेको आयु छोटो हुन्छ भन्ने मान्यता थियो।’

अचेल ईताः को बत्ती बाल्ने गरिन्छ। यस्तो बत्ती चाडै निभ्न सक्छ। आगलागीको डर पनि हुन्छ। त्यसैले चनाखो रहनुपर्छ।

आफ्नो शरीरको पूजा गरेपछि गणेशका रेखाबाट यमदूतको रेखासम्म बिमिरो फलको रस राखिन्छ। त्यसपछि सबै मण्डल नयाँ कुचोले माथिबाट तलसम्म नउठाई बढारिन्छ। अन्तमा त्यही ठाउँमा बसेर सबैले भोज गर्छन्। भोजसँगै म्ह पूजा सकिन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution