हेडलाईन

तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने         घेदुङ साईप्रसको दोस्रो अधिबेशन तथा चौथो वार्शिक उत्सव मनाउने         घेदुङ इजरायलको छैठौं बार्षिकोत्सव तथा अधिवेशन हुदै         नेपाली ‘केयर गिभर’ पठाउन इजरायलसँग श्रम सम्झौता गरिने         नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित        

इजरायलमा सलोम नेपाल मुभमेन्ट सोसाईटीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तेलअविव – सलोम नेपाल मुभमेन्ट सोसाईटी सामाजिक संस्था द्वारा इजरायलमा दिपावली,छड पर्ब,म्हपुजा,ईद नेपाल संम्बत ११४० लगायत नेपालीहरुले मनाउने सम्पूर्ण पर्बहरु र नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धमा गत २५ तारिख २०१९ शुक्रबार शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष तिर्थ गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवाली , विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउचा  मगर , नेपाली जन सम्पर्क समिती सभापति खगेश्व अधिकारी , नेपाली समाज इजरायलका उपाध्यक्ष कुमार पौडेल , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु ,समाजसेवी इजरायली नागरिक लगायत मिडियाकर्मीहरु अतिथि रहेका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई सम्बोधन गर्दै संस्थाकी सचिव ज्योति शर्माले स्वागत मन्तव्य राखेकी थिईन् । साथै सामुहिक रुपमा स्वागत गीत  समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शान्ता अधिकारी ज्ञवाली,बिशेष अतिथि तारा काउचा मगर , खगेश्व अधिकारी , कुमार पौडेल,बालकुमार राई ,बी  बी लामा तामाङ लगायतले शुभकामना मन्तव्य राख्दै भिजिट नेपाल २०२० लाई सफल पार्न आव्हान गरेका थिए ।

कार्यक्रममा देउसी भैलो सहित नाचगान प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए । जलपानको समेत व्यवस्था रहेको थियो ।

कार्यक्रमको अन्तमा आफ्नो मन्तव्य राख्नु हुदै सभापति तिर्थ गौतमले चाडपर्वहरुको शुभकामना व्यक्त गर्नु हुदै भिजिट नेपाल २०२० को प्रचारात्मक अभियानलाई सफल बनाउनु हामी देश तथा बिदेशमा रहेका नेपालीहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । वहाँले प्रचारात्मक अभियानलाई सफल बनाउन बिदेशमा हुने हरेक कार्यक्रमको ब्यानरमा भिजिट नेपाल २०२० को लोगो प्रयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।

नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धमा तथा दिपावली,छड पर्ब,म्हपुजा नेपाल संम्बत ११४० शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न उपस्थित हुनु भएका सामाजिक संघ संस्था,राजनिति संगठन,जातिय तथा धार्मिक संस्था, संचारकर्मी,फोटो ग्राफर, विध्यार्थी, बुद्धिजिवी , नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनिहरु लगायत कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न आहोरत्र लाग्नुहुने सम्पूर्ण संस्थापक सदस्यहरु आजिबन सदस्यहरुलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाकी महासचिव लक्ष्मी भट्टराईअनुरागीले कुशलतापुर्वक संचालन गरेकी थिइन् ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution