नेवार समुदायको भाइटीका कात्तिक १३ गते सार्वजनिक बिदा

याम्बु , कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेवार समुदायले कार्तिक १३ गते मनाउने भाइटीकामा बिदा दिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ‘नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४०’ का प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, परम्पराकोसरकारको सदैव सहयोग हुने पनि बताए।
प्रधानमन्त्री ओलीले नेपाल संवत ११४० नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा पनि सहभागी हुने बताए।
आफू प्रधानमन्त्री नभएको बेलामा पनि नेपाल संवतको र्याली तथा सभामा उपस्थित हुने गरेको स्मरण गर्दै उनले भने,‘यस वर्षको नयाँ वर्षमा आयोजना हुने सभामा विशेष रुपमा उपस्थित भई केही कुरा भन्ने इच्छा छ।’