काठमाडौंमा घर भत्काउँदा घाइते भएका तामाङको मृत्यु

याम्बु – चाबहिलमा मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा दीपक तामाङ मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिएको छ |
बुधबार दिउँसो पुरानो घरलाई भत्काउने क्रममा तामाङ घाइते भएका थिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको अवस्था भने सामान्य रहेको बताएको छ |