प्रहरीले पक्राउ गरेका दुर्गेश थापाले ‘तिहार गीत’ युट्यूबबाट हटाएपछि छुटे
याम्बु – प्रहरीले पक्राउ गरेका गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाएको थापाले बताएका छन् ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ परेका थिए ।
निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएका थिए । गीतमा उनले वियर खाँदै तिहार मनाउँ भन्ने खालको आाशय व्यक्त गरेका छन । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाएपछि उनको निकै आलोचना भएको थियो। उनले लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे आलोचना भइरहेको हो।
गीत हटाएपछि प्रहरीले उनलाई अब देखि यस्तो नबनाउने र नगाउने शर्तमा सार्वजनिक माफी सहित छाडेका छन् ।
थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।